विज्ञापन

राजापुरमा बिदेशी जोडीले स्थानिय परम्परामा बिवाह गरे

Image

प्रकृति थारु, प्रशिक्षार्थी पत्रकार(राजापुर) / बिभिन्न समुदायका मानिसहरु सगैं खुशीले एकसाथ नाची रहेका छन,भारत र अमेरिकी नागरीक पनि जन्तमा सामेल छन ।बेहुली लिन राजापुर नगरपालिका वडा न. ५ बसन्ता गाउ जादै छन । पौषको महिनामा हुन लागेको यो बिवाह अरु भन्दा फरक छ । बेहुला र बेहुली नेपाली नभइ अमेरिकन नागरिक हुन ।
बिल्ड अन भन्ने आय एन जि ओ मा भोलिन्टियरको रुपमा काम गर्न नेपाल आएका दुवैजना हाल बसन्ता गाउमै बसिरहेका छन । नेपाल बसाइको क्रममा यहाको खाना, सस्कारले आफुहरुलाइ एकदमै तानेकाले नेपाली सस्कृतिमा बिवाह गर्न मन लागेको बेहुली मोर्गन बताउछिन ।

जनहितमा जारी सदेंश

बिवाहका लागी हिन्दु परम्परा अनुसार जग्गे बनाइएको थियो । पण्डितले मन्त्र उच्चारण गरीरहेका थिए । बेहुला बेहुलीले दोभाषेको सहायताले पण्डितले भने अनुसारको कर्म गर्दे थिए भने स्थानियहरु बडो रमाइलो मानेर त्यो दृश्य आफ्नो मोबाइलमा कैद गर्न व्यस्त थिए ।

बिवाहमा बसन्ता गाउ २ भागा बाडिएको थियो । आधा गाउले जन्ती गएका थिए भने आधा गाउले केटी पक्षका बनेका थिए । गाउका प्रत्येक व्यक्ति सो बिवाहलाइ सफल बनाउनका लागी आ आफनो भुमिकामा व्यस्त देखिन्थे ।

नेपाली परम्परा अनुसार बिवाह गरेका अमेरिकी जोडीले गत महिना मात्र अमेरिकामा बिवाह गरेका थिए । नेपालमा बिवाह गर्न आउनेको बिदेशीको बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी पाउने गरेका राजापुर बासी आफ्नै क्षेत्रमा आएर बिदेशीले बिवाह गर्दा दंग परेका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन