बारबर्दिया/ वडाअध्यक्ष कप गाउँ स्तरीय फुटबल प्रतियोगिता विहीवार देखी संचालन गरीएको छ ।
बारबर्दिया नगरपालिक वडा नं. ४ कार्यालयको आर्थिक सहयोग र गुरुवागाउँ किसान समितिको समन्वयमा, श्री बबई सृजनशिल युवा कलबको आयोजनामा वडा अध्यक्ष कप गाउँ स्तरीय फुटबल प्रतियोगिता खेलमा १७ वटा समुह सहभगि रहेको छ भने अन्य खेल समुह पनि दर्ता हुने कर्म जारि नै रहेको छ । खेलमा प्रथम लाई नगद रु. २५,०००। दृतिय लाई रु. १५,०००। तृतिय हुने समुहलाई रु. १०,०००। नगद, कप तथा प्रमाण पत्र सहितको पुरुष्कारको व्यावस्था रहेको आयोजक समितिले जानकारी दिएको छ ।
बारबर्दिया नगरपालिकाका प्रबक्ता तथा वडा न. ४का अध्यक्ष सिताराम योगि प्रमुख अतिथि रहेको खेल आयोजक कलबका अध्यक्ष स्याम कुमार थारु को सभापतित्वमा संचालन गरीएको थियो ।
प्रमुख अतिथि द्धारा निर्णयक नविन थारुलाई बल हस्तान्तर गर्दे खेलको उद्घाटन गरीएको थियो । पहिलो खेल बारबर्दिया नगरपालिका वडा न. ५ श्री माहादेव युवा कलब र श्री जनप्रिय यवा कलब बिच खेल भएकोे थियो । खेल सुरुवात भएकोे १० मिनेटमै श्री माहादेव युवा कलबका खेलाडी प्रिजन थारु ले पहिलो गोल हाने आफ्नो समुहका लागी जित निकालेका थिए ।
उद्घाटन समारोमा जनप्रतिनिधि,समाजसेवि, गाउँबासीहरु सहभागि रहेका थिए ।























