विज्ञापन

१६ किलो लागु औषध (चरेस) सहित महिला पक्राउ

Image

भाद्र ९, टीकापुर / कैलाली प्रहरीले चरेस सहित महिलालाई पक्राउ गरेको छ। शनिबार साँझ ५ बजेको समयमा कैलालीको गोदावरी नगरपालिका वडा नं।०२ तेघरी स्थित खानेपानी टोलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ । बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं। ०२ दहबगर मल्ली बत्थी घर भई हाल जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं। ०२ तेघरी खानेपानी टोल बस्ने आइते धामीको श्रीमती बर्ष ४५ की मंगली देवी धामीको घरमा लागु औषध ९चरेश० को ओसार(पसार तथा कारोवार भईरहेकोछ भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।निज धामीको घरको रितपुर्वकको खानतलासी गर्न पुर्जी दिई खानतलासी गर्दा निजको घरको कोठा भित्र बोरा भित्र भुसामा लुकाई छिपाई राखेको लागू औषध ९चरेश० जस्तो देखिने कालो पदार्थ १६ किलो १८० ग्राम र नापतौल गर्ने तराजु सहित फेला पारी बरामद गरी निजलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन