विज्ञापन

वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक वनमा आगलागी

Image

टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक वनमा आगलागी भएको छ । जिल्ला कै नमुना बनकाे रुपले परिचित सामुदायिक वनमा मंगलबार (आज) बिहान साढे १० बजेको समयमा वनको शाहिपुर, सिम्रेनीको क्षेत्रमा आगलागी भएको सामुदायिक वनका अध्यक्ष जित बहादुर चौधरीले जानकारी दिएका छन । चाैधरीका अनुसार आगलागीको जानकारी समयमै भएकाले खासै क्षती भने नभएकाे बताए । करिब डेढ बिगाहा क्षेत्रफलमा लागेको आगोले खरबारी र केही बोटविरुवा जलेर नष्ट भएकाे सामुदायिक वनका कार्यालय सचिब मीन बहादुर ठकुल्लाले बताए । तथापि के कति क्षति भएको छ भन्ने विवरण आइनकेको उनले बताए ।
वनमा लागेकाे अागाे स्थानिय उपभोक्ता, सुरक्षाकर्मी, स्थानीयहरुले वनमा लागेको आगो निभाइसकेकाले धेरै क्षती नभएको उनले जानकारी दिए । लागेकाे अागाे बेत भएकाे क्षेत्रमा फैलिएको भए सामुदायिक वनलाई ठुलाे क्षति हुन जान्थ्याे तर स साना रुख र झाडी भएकाे क्षेत्रमा अागलागि भएकाेले खासै क्षति नभएको वनका सचिब ठकुल्लाले बताए ।

विज्ञापन
विज्ञापन
विज्ञापन