विज्ञापन

टीकापुर क्षेत्रमा लागुऔषधको अवस्था भयावह

Image

टीकापुर क्षेत्रमा लागुऔषधको अवस्था दिनप्रतिदिन बढ्दै गरेको पाईन्छ ।ईलाका प्रहरी कार्यालय टीकापुरको त्रिबर्षिय तथ्यांक हेर्दा टीकापुर क्षेत्रमा लागुऔषधको अवस्था भयावह रहेको छ । टीकापुर क्षेत्रमा आर्थिक वर्ष २०७७र०७८ मा १९ वटा लागू औषधका मुद्दा दर्ता भएका छन भने अन्य विभिन्न शिर्षकमा १६९ मुद्दा रहेका छन। त्यसैगरि आर्थिक बर्ष ०७८र०७९ मा ४०वटा मुद्दा दर्ता गरिएको छ भने अन्य विभिन्न शीर्षक का २१७ वटा मुद्दा रहेका छन । ०७९र०८० मा ५० वटा मुद्दा दर्ता भएको र अन्य विभिन्न शिर्षकमा २१४ वटा मुद्दा दर्ता रहेको ईलाका प्रहरी कार्यालय टीकापुरको तथ्यांकमा रहेको डिएसपी बिश्वराज अधिकारीले जानकारी दिएका छन । तीन वर्षको तथ्यांक ले टीकापुरमा लागुऔषध प्रयोगकर्ता तथा कारोबारीको संख्या दिनप्रतिदिन बढिरहेको देखाउछ । चालू आर्थिक बर्षको पौष महिना सम्ममा ३० वटा लागुऔषधका मुद्दा दर्ता भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी बरिष्ठ नायब निरिक्षक निरक रावलले जानकारी दिएका छन । चालू आर्थिक वर्षको श्रावण महिनामा लागुऔषधका ५ वटा मुद्दा दर्ता भएको छ । त्यसैगरि भाद्र महिनामा लागुऔषधका ६ वटा असोज महिनामा लागुऔषधका ६ वटा कार्तिक महिनामा लागुऔषध सम्बन्धित ४ वटा मंसिर महिनामा ६ वटा र पौष महिनामा ३ वटा मुद्दा दर्ता गरिएको टीकापुर प्रहरी तथ्यांकमा उल्लेख गरिएको छ । अन्य विभिन्न शिर्षकका पौष मसान्त सम्ममा १०६ वटा मुद्दा दर्ता गरिएको छ । लागुऔषध नियन्त्रण गर्नका लागि प्रहरीले सचेतना मुलक कार्यक्रम संचालन गरिरहेको छ भने सिमानाकामा चेकजाँच मा कडाई समेत गरिएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन