बढैयाताल | बर्दियाको बढैयाताल गाउँपालिका– ६ मैनापोखर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बढैयातालको प्रथम पालिका अधिवेशन यहि जेष्ठ १० गते मैनापोखर को सुनगाभा होटलमा सम्पन्न भएको छ । पालिका प्रथम अधिवेशनको सभाध्यक्षता उद्धब सापकोटा ले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य राम सिंह थारू रहेका थिए । त्यसैगरी विशेष अतिथिका बर्दिया जिल्ला समितिका कार्यवाहक सभापति शान्ता बुढा, जिल्ला संगठन विभाग प्रमुख शरष चन्द तिवारी , क्षेत्र नं १ का क्षेत्रीय सभापति शुसिल वस्याल , क्षेत्र नं २ का सभपति दिप नारायण श्रेष्ठ, लगायत रहेका थिए ।
अधिवेशनमा बोल्दै वक्ताहरूले पार्टी संगठनलाई वडा तहदेखि अझ सुदृढ बनाउँदै जनताको मुद्दा र आवश्यकतालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनीहरूले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति नै रास्वपाको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै स्थानीय तहमा पार्टीलाई थप सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न वडाबाट आएका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।
आज सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । साथै संगठन विस्तार, पार्टीको आगामी कार्यदिशा तथा स्थानीय स्तरमा जनसम्पर्क अभियानलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको आयोजकले जनाएको छ आज भएको प्रथम अधिवेशन ले बढैयाताल गाउपालिका स्तरिय रास्वपा को पालिका समिति निविरोध चयन गरेको जानकारी राष्ट्रिय स्वतन्त्र पार्टी का बर्दिया क्षेत्र नं १ का क्षेत्रिय सभापति शुसिल वस्याल ले दिएका छन् । निविरोध चयन हुने पालिका समितिको सभापतिमा पोष्ट बहादुर रानाभाट , उप सभपति सुस्मिता सुनार, सचिव मुकेश कुमार यादब, सह सचिव प्रेम बहादुर बि.क र कोषाध्यक्ष मा कल्पना परियार रहेका छन् भने सदस्यहरूमा क्रमश नम्रता पुन मगर, राम गरिबे थारू, होम बहादुर भुजेल, सरिता थारु निबिरोध निर्वाचित भएका हुन् भने आजै मनोनित भएका सदस्यहरूमा टोप बहादुर बस्नेत र समुन्द्री थारू रहेका छन् भने आजै सम्पन्न अधिवेशन को बन्दसत्र ले जिल्ला, प्रदेश र केन्द्र को लागि प्रतिनिधि समेत मनोनयन गरेको छ भने जिल्ला प्रतिनिधिमा पुष्कर सापकोटा, सोम बहादुर गुरुङ, समुन्द्री थारु र मिना सुनार रहेका छन् भने यसै गरी प्रदेश प्रतिनिधि मा रतन जैसी र केन्द्रीय महाधिवेशन प्रतिनिधि मा कविराम सुनार समेत आजै छनौट गरिएको जानकारी जिल्ला संगठन विभाग प्रमुख शरष चन्द तिवारी ले दिएका थिए भने नव निर्वाचित कार्य समिति लाई आजै निर्वाचन समितिका संयोजक निर्मल सिग्देल ले शपथ ग्रहण गराएका हुन् ।























