विज्ञापन

२२ दिनमै अवैध गतिविधिविरुद्ध सक्रियता बढ्यो : डीएसपी चौधरी

Image

राजापुर । इलाका प्रहरी कार्यालय राजापुरमा हालै सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक (डीएसपी) होमप्रकाश चौधरीले सञ्चारकर्मीसँग परिचयात्मक कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रममा डीएसपी चौधरीले राजापुरमा कार्यभार सम्हालेको २२ दिनको अवधिमा कार्यालयले गरेका विभिन्न गतिविधिबारे जानकारी दिनुभयो। उहाँका अनुसार अवैध नदीजन्य पदार्थ उत्खनन (खनन) सम्बन्धी कारबाहीबाट १ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ भने भन्सार छलीका घटनामा कारबाही गरी ७३ हजार ७ सय रुपैयाँ जरिवाना राज्यकोषमा दाखिला गरिएको छ।

त्यसैगरी चोरी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरिएको, लागूऔषध दुव्र्यसनमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाइएको तथा विभिन्न ८ वटा समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो।

कार्यक्रमका क्रममा सञ्चारकर्मीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै डीएसपी चौधरीले आगामी दिनमा राजापुरलाई अझ सुरक्षित, व्यवस्थित र मर्यादित नगरका रूपमा विकास गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो। यसका लागि समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउने, अपराध नियन्त्रणलाई प्राथमिकता दिने तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजनाबारे समेत छलफल भएको थियो।

परिचयात्मक कार्यक्रममा रेडियो साथीका स्टेशन म्यानेजर मिन प्र अधिकारी, रेडियो साथीका समाचार प्रस्तोता पुरुषेत्तम खनाल, कोठियाघाट राष्टिय साप्ताहिक गान्दिप कायस्थ र भौराटप्पा बुलेटिनका ऋषि बाग्लेले सहभागिता जनाएका थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन