शोभा कोइराला
रा.स./मंसिर -१७ ।
राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले नगरपालिकामा अब बन्ने भवनहरु अपाङ्गता मैत्री बन्ने भन्दै अपाङ्गता भएका ब्यक्तिहरुको जिवन बिमाकालागी आगामी बर्ष बाट बजेट बिनियोजन गर्ने बताउनु भएको छ । ३२ औै अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा राजापुर नगरपालिकाले आयोजना गरेको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै येस्तो बताउनु भएको हो । प्रमुख थारुले भन्नुभयो ` अपाङ्गता ब्यक्तिहरुलाई कस्तो किसिमको सामग्री आबश्यक पर्छ आगामी आर्थिक बर्षबाट सोही अनुरुपको सामग्री उपलब्ध गराउने छौं ।´ अपाङ्गता भएका ब्याक्ती हरुलाइ बिशेष रुपमा हेरिने समेत प्रमुख थारुले बताउनु भयो । कार्यक्रममा परिचयपत्र पाउनबाट बन्चित भएकाहरुलाइ प्रकृति अनुसारको वर्गीकरणका आधारमा परिचयपत्र समेत वितरण गरिएको छ । प्लान नेपाल ,राधाकृष्ण थारु जनसेवा केन्द्र्को समन्वयमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रिता थारु,इलाका प्रहरी कार्यलय राजापुरका प्रतिनिधि ,शिक्षक,फरक क्षमता भएका ब्याक्ती सहभागी रहेको अपाङ्गता उत्थान केन्द्र राजापुरका सदस्य अल्लु अर्जुन चौधरीले जानकारी दिनुभयो । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपांङ्गता भएका ब्यक्तिको अपनत्वसहितको ऐक्यबद्धता भन्ने नारासहित आयोजित कार्यक्रमको सभापतिमा अपाङ्गता उत्थान केन्द्र राजापुरका अध्यक्ष महादेव प्रसाद धमाला रहनु भएको थियो ।






















