विज्ञापन

युनिक नेपालद्वारा २ लाख ३५ हजार रुपैयाँ बिमा रकम प्रदान

Image

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुर, बर्दियाले बिमा तथा काजकिरिया खर्चबापत २ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको छ।

राजापुर नगरपालिका–१, हिमालीपुर निवासी अंगानी थारुलाई उनका श्रीमान् तिर्थबहादुर थारुको निधनपछि उक्त रकम प्रदान गरिएको हो। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुरले अंगानी थारुको घरमै पुगेर राजापुर नगरपालिका–१ का वडा अध्यक्ष बाबुराम चौधरीमार्फत २ लाख ३५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष बाबुराम चौधरीले युनिक नेपाल लघुवित्तले गरिब तथा विपन्न वर्गका परिवारको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताए। अध्यक्ष चौधरीले ऋण लिएपछि नियमित किस्ता तिर्न आग्रह गर्दै आर्थिक समस्या परेमा घरपरिवार छाडेर भाग्नुको सट्टा सम्बन्धित लघुवित्त संस्थासँग सम्पर्क गरी ऋण तिर्ने सहज उपाय खोज्न आग्रह गरे।

कृषि तथा पशुपालनमा निर्भर परिवारले स्वास्थ्य, बाली तथा पशु बिमा गर्नुपर्नेमा जोड दिँदै उनले भविष्यमा आउन सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि ऋण तथा व्यवसायको समेत बिमा गर्नुपर्ने बताए। उनले युनिक नेपालले ग्राहक संरक्षणका क्षेत्रमा गरिरहेका कार्यको प्रशंसासमेत गरे।

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुरका शाखा प्रबन्धक निर्मल रैकाले अंगानी थारुका श्रीमान् तथा समाजसेवी तिर्थबहादुर थारुको निधनप्रति दुःख व्यक्त गरे। तिर्थबहादुर थारुको ५३ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको थियो। उनका एक छोरा र एक छोरी छन्।

कार्यक्रममा समाजसेवी, बडघर, स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता रहेको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन