राजापुर नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा गठन भएका विद्यालयस्तरीय गुनासो सुनुवाई समितिका शिक्षकहरूका लागि एकदिने नीतिगत व्यवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ।
सामुदायिक सशक्तीकरण तथा विकासका लागि स्थानीय पहल परियोजनाअन्तर्गत अस्ट्रेलियन एड, एलडब्लुएफ, थारु महिला उत्थान केन्द्र र राजापुर नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यशालामा विद्यालयस्तरीय गुनासो सुनुवाई समितिको भूमिका, जिम्मेवारी तथा गुनासो व्यवस्थापनसम्बन्धी नीतिगत व्यवस्थाका विषयमा अभिमुखीकरण गरिएको थियो।
कार्यक्रमको सहजीकरण राजापुर नगरपालिकाका शिक्षा निर्देशक टिकानाथ गोसाईंले गर्नुभएको थियो।






















