विज्ञापन

किशोरीमा आइरन–फोलिक एसिड वितरण कार्यक्रमको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

Image

राजापुर | राजापुर नगरपालिकाले गत वर्षभर सञ्चालन गरेको किशोरी स्वास्थ्य सुदृढीकरण कार्यक्रमअन्तर्गत आइरन र फोलिक एसिड (IFA) वितरण तथा स्वास्थ्य शिक्षा गतिविधिको विस्तृत समिक्षा गर्न शिक्षक र स्वास्थ्यकर्मीहरूबीच वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरी प्रमुख अतिथि रहिन्। उनले किशोरी स्वास्थ्यलाई पालिकाको उच्च प्राथमिकतामा रहेको बताउँदै विद्यालयस्तरमै स्वास्थ्य सेवा विस्तार, पोषण शिक्षा, र व्यवहारगत सुधार अभियान थप प्रभावकारी बनाउन प्रतिबद्धता जनाउनुभयो ।

पालिकाको नेतृत्वमा भएका स्वास्थ्य परीक्षणका नतिजा प्रस्तुत गर्दै केन्द्र तथा विद्यालयस्तरमा कार्यरत स्वास्थ्यकर्मीहरूले विभिन्न उमेर समूहका छात्राहरूको स्वास्थ्य परीक्षण गर्दा ठूलो प्रतिशत किशोरीमा रक्तअल्पताको लक्षण देखिएको तथ्य साझा गरे।

राजापुर नगरपालिकाका वरिष्ठ नर्सिङ्ग अधिकृत देवी ज्ञवालीले हाल किशोरीहरूमा देखिएको रक्तअल्पता सामान्य समस्या जस्तो लागे पनि यसको प्रभाव गम्भीर हुन सक्ने छिट्टै थकान लाग्ने, शरीर कमजोर हुने, सानो काममै हाफिने, एकाग्रता घट्ने, अनुहार फिका देखिनेजस्ता संकेतहरूलाई समयमै उपचार नगरे यसले शैक्षिक प्रदर्शनदेखि दैनिक जीवनसम्म असर पार्ने बताउनु भयो ।

किशोरीहरूको स्वास्थ्य अवस्था भविष्यमा मातृत्व स्वास्थ्यसँग प्रत्यक्ष जोडिने भएकाले यहाँ देखिने समस्या आगामी पुस्ताको स्वास्थ्यमा समेत असर पार्ने राधाकृष्ण थारु जनसो केन्द्रका अधिकृत सजंय चौधरीले बताउनु भयो । वहाले कार्यक्रममा विस्तृत छलफल गर्दे “आजका किशोरी भोलिका आमा हुन्” भन्ने सन्देशसहित दिगो स्वास्थ्य सुनिश्चितताका लागि आइरन र फोलिक एसिड अत्यावश्यक रहेको बताउनु भयो ।

नेपाल सरकारले किशोरी समूहलाई नियमित रूपमा क्ष्ँब् खुवाउने नीति लागू गरी रक्तअल्पता रोकथामलाई प्राथमिकतामा राखेको तथा विद्यालय र समुदाय दुवै तहमा कार्यक्रमलाई मजबुत रूपमा अगाडि बढाइरहेको जानकारी पनि साझा गरियो।

सो अवसरमा शिक्षक र स्वास्थ्यकर्मीहरूले प्राकृतिक रूपमा आइरन र फोलिक एसिड बढी पाइने खाद्य स्रोत—पालुङ्गो, मेथी, च्याउ, गेडागुडी, मेवा, सिमी, म्याटेन, गहिरा रङका फलफूल, अनार, दाल–भात–तरकारीको संतुलित संयोजन—बारे व्यवहारिक सुझाव पनि साझा गरे। स्थानीय उत्पादनको उपयोग बढाउने, विद्यालय क्यान्टिनमा पोषणमैत्री वातावरण बनाउने लगायतका सिफारिसहरू पनि उठाइए।

गोष्ठीको अन्त्यमा कार्यक्रमका उपलब्धि, चुनौती, र आगामी वर्षका कार्ययोजना—किशोरीमैत्री स्वास्थ्य सेवा विस्तारदेखि नियमित अनुगमन र डाटा व्यवस्थापन सुधारसम्म—बारे सुझाव समेट्दै समिक्षा सत्र समापन गरिएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन