विज्ञापन

वडा नं ९ ले सुत्केरी महिलालाई पोषण सामग्री वितरण

Image

बढैयाताल/ बढैयाताल गाउँपालिका–९ ले “जनता संग वडा अध्यक्ष” कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गरेको छ। कार्तिक २४ गते वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा भित्रका सुत्केरी महिलाहरुलाई एक क्यारेड अण्डा र आयुर्वेदिक औषधि निशुल्क वितरण गरिएको हो।

वडा नं ९ का अध्यक्ष विर बहादुर थारूका अनुसार मुक्त कमैया, सुकुम्बसी र भूमिहीन जनताको बाहुल्यता भएको यस वडामा सुत्केरी आमा र नवजात शिशुमा पोषण अभावका कारण कुपोषण तथा स्वास्थ्य समस्या देखिँदै आएकोले समस्या समाधानका लागि यो पहल गरिएको हो। उनका अनुसार अबदेखि वडामा सुत्केरी हुने प्रत्येक आमालाई नियमित रूपमा एकपटक पोषण खाद्यपदार्थ वितरण गरिनेछ।

कार्यक्रम बढैयाताल आयुर्वेदिक औषधालयको सहकार्यमा सञ्चालन गरिएको हो। सो अवसरमा वडाको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उत्कृष्ट योगदानको कदरस्वरूप कदरपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो।

सम्मान तथा पोषण सामग्री वितरण कार्यक्रम बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारू, वडा सदस्यहरू, स्वास्थ्य शाखाकी दिपा रिजाल, जमुनी आयुर्वेदिक औषधालयका प्रमुख नविन चौधरी, पोषण सहजकर्ता टेकमा खड्का, स्वास्थ्य केन्द्र प्रमुख अनुप सिंह थारू, वडा सचिव विजय चौधरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता वडा नं ९ का अध्यक्ष विर बहादुर थारूले गरेका थिए।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन