विज्ञापन

राजापुरबाट १७ गतेदेखि धान खरिद सुरु हुने

Image

राजापुर/ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमल राज पाण्डेले राजापुरबाट यस वर्षको धान खरिद आगामी कात्तिक १७ गतेदेखि सुरु हुने जानकारी दिनुभएको छ।अखिल नेपाल किसान महासंघ, स्थाई कमिटी सदस्य शिव प्रसाद चौधरीको नेतृत्वमा गएको किसान प्रतिनिधि टोलीलाई जानकारी गराउँदै प्रमुख पाण्डेले आज मात्र केन्द्रबाट धान खरिदका लागि निर्देशन प्राप्त भएको र आइतवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्राथमिक खरिद समिति बैठक बसेर आवश्यक निर्णयपछि सोमबार बाट खरिद प्रक्रिया सुरु गरिने बताउनुभयो।

यस वर्षदेखि किसानलाई नगद भुक्तानी नदिई सिधै उनीहरूको बैंक खातामा रकम पठाइने व्यवस्था गरिएको कम्पनीका सूचना अधिकारी चेतन कठायतले जानकारी दिनुभयो।

धान खरिद सुरु भएपछि स्थानीय किसानले उत्पादन गरेको धान उचित मूल्यमा बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन