राजापुर/ बर्दियाको राजापुरबाट प्रहरीले ठुलो परिणाममा कपडा पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको गस्ती टोलीले भारतको तिकुनियाबाट नेपाल ल्याउदै गरेको अवस्थामा २ जना सहित कपडा पक्राउ गरिएको हो । आज राती राजापुर स्थित बहुमुखी क्याम्पस नजिकबाट २ लाख बराबरका लेडिज फेन्सी कपडा ,सुरुवाल कुर्ता लगायतका कपडा सहित राजापुरका बिष्णु प्रसाद चौधरी र रमेश थारूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरिक्षक नबिन थापामगरले जानकारी दिनुभएको छ ।भारतको तिकुनियाबाट कैलालीको श्रीलंका हुँदै राजापुर ल्याउदै गरेको अवस्थनमा राजापुर बहुमुखी क्याम्पस नजिक दलैगाउबाट कपडा सहित दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ परेका दुवै जना र कपडा राजापुर भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय राजापुरका बरिष्ठ प्रहरी नायब निरिक्षक जनक रावलले जानकारी दिएका छन । चार्ड पर्व नजिकिए संगै कैलालीको श्रीलंका हुँदै राजापुरका लागि विभिन्न माल समानको अबैध तस्करी हुने गरेको श्रीलंका निवासीले नाम नबताउने सर्तमा जानकारी दिएका छन ।
























