विज्ञापन

राजापुरमा बङ्गुर मासु, कृषि बाली र दूध उत्पादन तिब्र बनाउन चार‑वर्षीय KOICA साझेदारी कार्यक्रम सुरु

Image

राजापुरमा बङ्गुर मासु, कृषि बाली र दुध उत्पादनमा केन्द्रित चार वर्षीय कार्यक्रम सुरु बर्दियाको राजापुर नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ को पौष महिनाबाट सुरु हुने गरी चार वर्षका लागि बङ्गुरको मासु, कृषि बाली तथा दूध उत्पादन, प्रशोधन र बजारीकरणलाई प्राथमिकता दिँदै कार्यक्रम सुरु भएको छ। राजापुर नगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी KOICA बीच सहकार्यमा सुरु भएको यस कार्यक्रमले स्थानीय कृषकहरूको आम्दानी वृद्धि गर्ने उद्देश्य लिएको छ। कार्यक्रमले पशुपालन, बाली उत्पादन तथा दुग्ध व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषिमा नवप्रविधिको प्रयोगमार्फत उत्पादन र बजारीकरणलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको प्रारम्भिक बैठकमा राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु, निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्त मल्ल, प्रशासकिय अधिकृत आनन्द जैशी तथा कोइकाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नगरपालिकाले कार्यक्रममार्फत कृषकहरूलाई तालिम, आवश्यक उपकरण, पशुचौपाया वितरण तथा प्रशोधन केन्द्र स्थापना जस्ता विविध गतिविधि सञ्चालन गर्ने जनाएको छ। स्थानीय सरकार र अन्तर्राष्ट्रिय सहयोग बीचको यस सहकार्यबाट राजापुर नगरभित्र कृषिमा आधारित आर्थिक गतिविधि विस्तार भई समग्र ग्रामीण अर्थतन्त्र सुदृढ हुने विश्वास गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन