विज्ञापन

सिजनमै मल अभाव, उत्पादन घट्ने चिन्ता चुलियो

Image

राजापुर/ बर्दियाको राजापुर क्षेत्रमा हाल मलको चरम अभाव देखिएको छ । धान रोपाइँको मुख्य सिजनमा मल नपाउँदा यहाँका किसानहरू अत्यन्त चिन्तित र निराश भएका छन् । पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् । स्थानीय कृषक दिपक कुर्मिका अनुसार, “धानको खेतमा बिउ उम्रिसकेको छ तर मल नपाउँदा बाली सुक्न थालिसक्यो। कृषि कार्यालय र सहकारीमा धाउँदा पनि मल छैन भन्ने जवाफ मात्र पाइन्छ।” राजापुर नगरपालिकाभित्र रहेका कृषि सहकारीहरूमा युरिया, डीएपी, र पोटास मलको अत्यन्तै अभाव रहेको देखिन्छ । कतिपय किसानहरू कालोबजारीको डरका बीच महँगो मूल्यमा निजी स्रोतबाट मल खरिद गर्न बाध्य छन् । राजापुर नगरपालिकाका कृषि शाखाका अनुसार मल आपूर्ति केन्द्रबाट माग गरिए पनि ढुवानीमा ढिलाइ भइरहेको छ। रमेश ओलीले “मलको माग अनुसार आपूर्ति हुन नसक्दा समस्या देखिएको बताउनुभयो । मल अभावकै कारण यस वर्षको धान उत्पादनमा प्रतिकूल असर पर्ने किसानहरूको चिन्ता छ ।

समयमा मल उपलब्ध नभए उत्पादकत्व घट्ने र वर्षभरिको खाद्य सुरक्षामै असर पर्ने स्थानीय कृषि विशेषज्ञहरू बताउँछन् । कृषकहरू सरकारले तत्काल आपूर्ति प्रणालीलाई चुस्त बनाइ मलको सहज आपूर्ति सुनिश्चित गर्न आग्रह गरिरहेका छन्। मलको चरम अभाव समाधान गर्न प्रदेश र संघीय सरकारको ध्यानाकर्षण आवश्यक देखिएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन