टीकापुर/ कैलालीको टीकापुर स्थित भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको १८ औ बार्षिक साधारण सभाबाट निर्बिरोध निर्बाचित पदाधिकारीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण र प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीका निर्बाचन समितीका संयोजक बिरेन्द्र शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने रहेका थिए । पुस्तकालयका नव निर्बाचित सदस्य कपुर सिह कडायतको स्वागत मनतब्य संगै शुरु भएको कार्यक्रममा कालिका बार्डिङ्ग स्कुलका अध्यक्ष नृप कडायत , सामुदायिक सिकाई केन्द्र नारायणपुरका अध्यक्ष टोप बहादुर के सी,बटनपुर खानेपानी सरसफाइ संस्थाका अध्यक्ष धनसिह साउद लगायतले शुभकामना मनतब्य राखेका थिए ।त्यस्तै भानु सामुदायिक पुस्तकालय तथा श्रोतकेन्द्रका नव निर्बाचित अध्यक्ष मनिराम ढुङ्गानाले यश पुस्तकालय लाई अझै प्रभाकारी रुपमा संचालनका लागि पर्ने र समुदाय स्तरमा युवा लक्षित कार्यक्रम संचालन गरि समुदाय परिबर्तनमा अहम भुमिका खेल्ने प्रतिबद्धता ब्यक्त गरेका छन । त्यसै गरि कार्यक्रमका प्रमुख अतिथी तथा टीकापुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले नव निर्बाचित पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै यश पुस्तकालयले समाज परिबर्तनका साथै युवा लक्षित गरेर कार्यक्रम संचालन गर्नका लागि पहल गर्न सुझाब दिएका छन ।प्रमुख अतिथी न्यौपानेले सामुदायिक पुस्तकालय संचालनका लागि श्रोतको पहिचान गरि स्थानिय स्तरमा समाज परिबर्तनका लागि अहमभुमिका खेल्न सक्ने बनोस भन्ने सुझाब दिएका छन ।

१८ औ बार्षिक साधारण सभाबाट आगमी ३ बर्षे कार्यकालका लागि नया नेतृत्व समेत निर्बिरोध रुपमा चयन गरिएको थियो । पुस्तकालयको अध्यक्षमा पुन मनिराम ढुङ्गाना चयन भएका छन भने उपाध्यक्षमा धनसरि कोईराला, कोषाध्यक्षमा दिपक कुमार वैद्य, सचिबमा अर्जुन चौधरी ,सह सचिबमा महेश राल निर्बिरोध चयन भएका छन । पुस्तकालयको सचिब पदमा भने टुङ्गो लाग्न नसके सचिब पदमा पुन भिम बि कले उम्मेदवारी दिएका थिए भने सह सचिब पदमा रहेका धन बहादुर बुढाले पनि सचिब पदमा उम्मेदवारी दिएका थिए । सचिब पदका उम्मेदवारी दिएका भिम बि क र धन बहादुर बुढा बिच सहमति हुननसकेको र चुनाबी वातावरणमा नलैजान भनी सर्बत्र दबाव भए पश्चात् सचिब पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिए पश्चात् सचिब पदमा अर्जुन चौधरी चयन भएका हुन । त्यस्तै सदस्यमा गायत्री रावल, शंकर बिश्वकर्मा,खुशीराम चौधरी,कपुर सिह कडायत, मुना घर्तिमगर , चन्द्र रिमाल ,निर्बिरोध चयन भएको निर्बाचन संयोजक शाहले जानकारी दिएका छन ।























