विज्ञापन

घरेलु मदिरा बरामद

Image

टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा प्रहरीले स्थानिय स्तरमा उत्पादित घरेलु मदिरा बरामद गरिएकाे छ । प्रहरी चाैकी सत्तीका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक बम बहादुर खडकाकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले सत्ती बजार क्षेत्रका हाेटल, पसलबाट स्थानिय स्तरमा उत्पादित घरेलु मदिरा बरामद गरिएकाे प्रहरी चाैकी सतीले जनाएकाे छ ।
प्रहरी टाेलीले सत्ती बजारक्षेत्रमा रहेका हाेटल तथा पसलहरुबाट घरेलु मदिरा र मदिरा उत्पादनका लागि राखिएको कच्चा पदार्थ गरि ४५० लिटर बरामद गरिएकाे चाैकीका प्रमुख प्रहरी बरिष्ठ नाउब निरिक्षक खडकाले जानकारी दिनु भएकाे छ । बरनमद गरिएकाे मदिरा तथा कच्चा पदार्थ स्थानिय बुद्धिजिवि ,जनप्रतिनिधिकाे राेहबरमा नष्ट समेत गरिएकाे जानकारी दिनु भएकाे छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन