विज्ञापन

राजापुर–५ को किसान मा.बि.मा ‘असल अभिभावकत्व शिक्षा कार्यक्रम’ सम्पन्न

Image

बदालपुर/ राजापुर नगरपालिका–५ स्थित किसान माध्यमिक विद्यालयमा ‘असल अभिभावकत्व शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरू सहभागी भएको कार्यक्रममा अभिभावकको भूमिकाबारे जानकारीमूलक सन्देश प्रदान गरियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेलुराम चौधरीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा , वडा नं ५ का वडा अध्यक्ष रमेश दहित प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रमको सहजीकरण मोटिभेसनल स्पिकर क्षेत्र प्रसाद ज्ञवालीले गर्नुभएको थियो। ज्ञवालीले अभिभावक र विद्यालयबीचको सहकार्य, सकारात्मक पालनपोषण, र विद्यार्थीको समग्र विकासमा अभिभावकको भूमिकाबारे प्रकाश पार्नुभएको थियो।

विद्यालय प्रशासनका अनुसार यस प्रकारका कार्यक्रमले अभिभावकहरूमा उत्तरदायित्वबोध गराउने र विद्यार्थीको शैक्षिक तथा नैतिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन