
राजापुर (बर्दिया) । राजापुर नगरपालिकामा गणतन्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । राजापुर नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रम अन्तर्गत नगरको मुख्य बजारस्थित क्यारीमा फूलका बिरुवा रोपिएको हो ।
कार्यक्रममा नगर प्रमुख थारुले यस्तो खालको कार्यक्रमले वातावरण संरक्षणमा टेवा पुग्नुका साथै नगर सुन्दर बनाउने अभियानमा थप योगदान पु¥याउने विश्वास व्यक्त गनुभयो । उप–प्रमुख चौधरीले समेत नगरपालिकाले आगामी दिनमा वातावरणमैत्री योजना अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
नगरपालिकाले वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिँदै अन्य वडाहरूमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । कार्यक्रममा नगर प्रमुख,उपप्रमुख लगायत प्रशासन प्रमुख आनन्द जैशी, लेखा अधिकृत बसन्त मल्ल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत नगरपालिका कर्मचारी तथा स्थानीयबासीकोसक्रिय सहभागिता थियो ।






















