विज्ञापन

“कर्णाली नदिमा ओत संरक्षणका लागी नदिमा आश्रित समुदायको जिविकोपार्जन तथा अभिभावकत्वको सवलिकरण”

Image

राजापुर/ राजापुर नगरपालिका वडा न. ३ तिघ्राको दुखनी थारुको घरमा एकाबिहानै ठुलो संख्यामा मान्छेहरुको घुइचो लाग्दा छरछिमेकीहरु पनि दगं भएर हेरी रहेका थिए । दुखनी लगायत २० जना महिलाहरुलाई “कर्णाली नदिमा ओत संरक्षणका लागी नदिमा आश्रित समुदायको जिविकोपार्जन तथा अभिभावकत्वको सवलिकरण” परियोजना अन्र्तगत हस्तकला तथा आधुनिक ढकिया बुनाइ तालिम दिइएको छ । यसै गरी परियोजना सञ्चालन भएका पालिकामा बनाइएका १५ वटा सामुदायिक नदि खण्ड सह व्यवस्थापन समुहमा मार्फत जिविकोपार्जनका लागी तालिम र सर्पोट दिइएको छ । तालिम र सर्पोट दिइएको समुहको प्रगती बुझ्न अनुगमन र समिक्षा गरिएको डल्फिन संरक्षण केन्द्रका प्रमुख बिजय राज श्रेष्ठले बताउनु भयो ।

नेपाल सरकार तथा डब्लुडब्लुएफ नेपालको समन्वयमा बेलायत सरकार अन्र्तगत डार्विन इन्सिएटिभको आर्थिक सहयोगमा मुक्त कमैया महिला विकास मञ्च, डल्फिन संक्षण केन्द्र, साना स्तनधारी संरक्षण तथा अनुसन्धान केन्द्र र सोनाहा बिकास समाज द्धारा बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाँउपालिका, कैलालीको टिकापुर र लम्कीचुहा नगरपालिका एंव जानकी गाँउपालिकाको कर्णाली नदि तटिय क्षेत्रका समुदायहरुमा विगत २ वर्ष देखी परियोजना सञ्चालनमा रहेको मुक्त कमैया बिकास मञ्चका परियोजना अधिकृत जगदिश राना थारुले बताउनु भयो ।

२ वर्षे परियोजना अन्र्तगत भए गरेका कार्यक्रमको अनुगमन पश्चात गरिएको समिक्षामा टिकापुर नगरपालिकाका प्रमुख रामलाल डगौंराले विगतमा कर्णाली एंव यसका सहायक नदिमा प्रशस्त माछा कछुवा पाईने गरेकोमा अहिले लोप हुदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।

जिल्ला समन्वय समिति कैलालीका प्रमुख राधा चौधरी भुलले परियोजनाले नदि तटिय क्षेत्रमा लगाानी गरी बगरमा उत्पादन बढाएकोमा परियोजनाको प्रशंशा गर्नु भयो ।
कार्यक्रममा लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका विषयगत कार्यालय प्रमुख, परियोजना सञ्चालित पालिकाका प्रतिनिधि, संरक्षणकर्मी, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि र स्थानिय समुदायकाको सहभागिता थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन