विज्ञापन

माघि मिलन तथा टीकापुर ७ का १२ जना चिराकीलाई साईकल बितरण

Image

टीकापुर/  टीकापुर नगरपालिका वडा न ७ दिव्यपुरमा माघी मिलन तथा चिराकीहरुलाई साईकल बितरण कार्यक्रम सम्पन्न भएको छ। टीकापुर नगरपालिका वडा न ७ को आयोजना र दिव्यज्योति टोल बिकास संस्थाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ ।

टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षता भएको माघी मिलन तथा चिराकीहरुलाई साईकल बितरण कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु रहनु भएको थियो भने बिशिष्ठ अतिथीमा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए । टीकापुर नगरपालिका वडा न ७ का वडा सदस्य राज कुमार चौधरीको स्वागत मन्तव्यसंगै शुरु भएको माघी मिलन तथा चिराकीहरुलाई साईकल बितरण कार्यक्रममा दिव्यपुरका वडघर चेचुराम चौधरी,डाडाबोझीका वडघर, चेतराम चौधरी, सामुदायिक रेडियो टीकापुरका पत्रकार पुर्ण बि क, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम डुङ्गाना लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष तथा कार्यक्रमका बिशिष्ठ अतिथी दिर्घ बहादुर ठकुल्लाले चिराकीहरुलाई साईकल बितरण गरेको खुशी ब्यक्त गर्दै स्थानिय स्तरमा सुचना प्रवाह गर्न सजिलो हुनुका साथै छिटोछरितो हुने बताएका छन ।जसले गर्दा स्थानिय निकायलाई गाउँ गाउमा सुचना प्रवाह गर्न सहजता हुने बताएका छन । स्थानिय स्तरमा रहेको वडघर तथा चिराकी प्रथालाई नगरपालिकाले वडघर ऐन मार्फत ब्यवस्थित गरिन लागेको समेत बताएका छन । त्यसै गरि माघी मिलन तथा चिराकीहरुलाई साईकल बितरण कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले सम्पुर्ण लाई माघिको शुभकामना ब्यक्त गर्दै टीकापुर नगरपालिकाले हिउदे अधिबेशन मार्फत वडघर तथा चिराकी ऐन पारित गरि सकेको बताउदै आगामी दिनमा वडघरका हकहितका सवालमा वडघर संजाल निर्माण गरिने र टीकापुरका प्रत्येक वडाहरुमा वडघर घर निर्माण गरिन लागेको बताए । यसका लागि सबैजनाको साथ र सहयोगको खाचो रहेको बताए ।

कार्यक्रममा टीकापुर नगरपालिका वडा न ७ का विभिन्न टोलका १२ जना चिराकीहरुलाई साईकल बितरण गरिएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन