विज्ञापन

टीकापुरमा वडा स्तरिय फुटबल प्रतियोगिता २०८१ का क्वाटरफाइनल खेल सम्पन्न

Image

टीकापुर, माघ ११ /   टीकापुर नगरपालिका वडा न ८ स्थित त्रिभुवन माध्यमिक बिद्यालय बटनपुरको खेल मैदानमा वडा स्तरिय फुटबल प्रतियोगिता २०८१ का क्वाटरफाइनलका खेल सम्पन्न भएका छन। आज भएको क्वाटरफाइनल को पहिलो खेल टीकापुर नगरपालिका वडा न ८ बि र टीकापुर वडा न ६ बिच भएको थियो । जसमा टीकापुर ८ बि ले टीकापुर ६ लाई ६-० ले पराजित गरेकने छ । टीकापुर ८ बि ले सेमिफाइनलको यात्रा तय गरेको छ । त्यसै गरि टीकापुर वडा न ७ए र टीकापुर वडा न ८ सी बिच क्वाटरफाइनल खेल भएको थियो । जसमा टीकापुर ८ सी लाई टीकापुर वडा न ७ ए ले ३-० को गोल अन्तर पराजित गरेको छ । टीकापुर ७ ए ले पनि आफ्नो सेमिफाइनलको यात्रा तय गरेको छ । भोली सेमिफाईन खेल टीकापुर ७ ए र टीकापुर वडा न ५ बिच पहिलो खेल हुने छ भने दोश्रो सेमिफाइनल खेल टीकापुर वडा न ८ बि र टीकापुर वडा न ९ ए बिच हुने छ । वडा स्तरिय खेलकुद समिती वडा न ८को आयोजना र टीकापुर नगरपालिका लगायत वडा नं ६,७,८,९को आर्थिक सहयोगमा फुटबल प्रतियोगिता संचालन भईरहेको छ ।

टीकापुर नगरपालिका अन्तरगतका १५ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा । १३ गते सम्म संचालन हुने फुटबल प्रतियोगितामा प्रथम हुने टिमले ५१ हजार नगद , प्रमाण पत्र ,मेडल र शिल्ड प्राप्त गर्ने छ भने दोश्रो हुने टिमले ३१ हजार नगद , प्रमाण पत्र ,मेडल र शिल्ड प्राप्त गर्ने छ।खेल अबधि भरिबाट उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर लाई नगद १५०० ले सम्मान गरिने आयोजक समितिका संयोजक खगेन्द्र प्रसाद उपाध्यायले जानकारी दिएका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन