टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित दिगोबिकास बचत तथा ऋण सहकारी संस्थाको १८ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष गोबिन्द कठायतको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी साबिक धनसिहपुर गाबिसका अध्यक्ष जंग बहादुर साउद रहेका थिए भने बिशिष्ठ अतिथीमा दिगोबिकास बचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष खगेन्द्र साउद रहेका थिए रहेका थिए । २०६३ सालमा स्थापना भएको सहकारीमा ८ सय ४८ जना शेयर सदस्य रहेका छन । जसको शेयरपुजी ४६ लाख ५० हजार रहेको छ ।
दिगो बिकास बचत तथा ऋण सहकारी संस्थाको निक्षेप बचत ७ करोड ८४ लाख ८६ हजार ८ सय ९ रुपैया रहेको छ भने ऋण लगानी २ करोड ८ लाख ६ हजार ६८ रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०८०/०८१ मा १७ लाख मुनाफा गर्न सफल भएको छ । सहकारीको बार्षिक साधारण सभामा उत्कृष्ट साधारण बचतकर्ता ,उत्कृष्ट दैनिक बचत र असल ऋणीलाई नगद सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । दिगोबिकास बचत तथा ऋण सहकारीले विभिन्न शिर्षकमा ६ करोड २ लाख ५६ हजार १ सय ७९ रुपैया ऋण लगानी गरेको छ ।
सहकारीको बार्षिक साधारण सभामा धनसिहपुर कृषि सहकारी संस्थाका ब्यवस्थापक मुना घर्तिमगर, , धनसिहपुर ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष अध्यक्ष रण बहादुर साउद सामुदायिक सहकारी संस्थाका सचिब कृत ठकुल्ला उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष प्राङ्कुश चौधरी लगायतले शुभकामना मनतब्य राखेका थिए । बार्षिक साधारण सभा कार्यक्रम रतन टमट्टाले गरेका थिए । दिगो बिकास बचत तथा ऋण सहकारी संस्थाले टीकापुर क्षेत्रमा मल बिउको काम गर्दै स्थानिय किसानलाई सहुलियत दिनु का साथै ग्रामिण क्षेत्रमा रेमिटान्सको समेत सेवा दिई रहेको छ ।























