विज्ञापन

कैलालीमा एकै दिनमा ३३ ग्राम लागुऔषध सहित ५ जना पक्राउ

Image

टीकापुर / कैलालीमा एक दिनमा ३३ ग्राम लागुऔषध सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली अन्तरगतका विभिन्न युनिटले छुट्टाछुट्टै स्थानबाट ५ जना सहित ३३ ग्राम २७०मिलिग्राम लागू औषध सहित पक्राउ गरेको हो ।ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त प्रहरी टोलीले टीकापुर नगरपालिका–९ खक्रौला चेक पोष्ट नजिकबाट लम्की–चुहा नगरपालिका–१ का २२ वर्षीय उपेन्द्र साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ३४१६ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आउँदै गरेको चेकजाँच उनको मोटरसाइकलको सिटमुनी लुकाई–छिपाई राखेको १९ ग्राम ६८० मिलिग्राम लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ साथी होटल पछाडीको गल्लीबाट धनगढी–२ का २४ वर्षीय उमेश चौधरी र भारतको पलियाका २५ वर्षीय प्रदिप मौरेलाई लागुऔषधसहित पक्राउ गरिएको हो।

प्रदिप मौरेको साथबाट १० ग्राम लागुऔषध, अछामको चौरपाटी गाउँपालिका–१ घर भई हाल धनगढी उपमहानगरपालिका–४ बस्ने प्रियंका होटलका सञ्चालक ३६ वर्षीय बिजय साउँदलाई ३ ग्राम ३८० लागुऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएका ५ जना माथि हिरासतमा राखि अनुसन्धान अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन