विज्ञापन

४३ ग्राम ५० मिलिग्राम अबैध लागूऔषध सहित युवा पक्राउ

Image

टीकापुर /  कैलालीको टीकापुरबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले ४३ ग्राम ५० मिलिग्राम अबैध लागूऔषध सहित युवालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

बुधबार साँझ करिब ५.३० बजेको समयमा टिकापुर नगरपालिका वडा न २ बिजयनगरबाट पैदल हिडिरहेको अबस्थामा सोही ठाउँ बस्ने बर्ष २३ को मखन चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५० मिलिग्राम र निजको घरमा खाँनतलासी गर्दा ४३ ग्राम गरि जम्मा ४३ ग्राम ५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन