
ठाकुरबाबा / हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ५ औ वार्षिक प्रतिनिधि मुलक साधारण सभा सम्पन्न गरेको छ ।
ठाकुरबाबा नगरपालिकामा भएको प्रतिनिधिमुलक सभामा हाम्रो मध्यवर्ती बचत तथा सहकारी संस्थाका १० वटै सेवा केन्द्रका प्रतिनिधिहरु द्धारा निर्णय प्रमाणित पनि गरिएको थियो ।
सहकारीका अध्यक्ष नवराज न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाकका मेयर तिलक लम्साल प्रमुख अतिथि हुनुहुन्थ्यो भने उपप्रमुख बिना भट्राइ बिशिष्ठ अतिथि हुनुहुन्थ्यो । यसै गरी नेफस्कुनका केन्द्रिय उपाध्यक्ष दामोदर अधिकारी, जिल्ला सहकारी सघं बर्दियाका अध्यक्ष नवराज ढुगांना लगायतका वक्ताले सहकारी लाइ शुभकामना लगायतका मार्गदर्शनात्मक भनाइ राख्नु भएको थियो ।

सहकारीले यसै महिनाको ५ गते आफनो १० वटै सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको थियो ।
बिभिन्न १४ वटा संस्थाको एकिकरण बाट बनेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा १६हजार ७८ जना सेयर सदस्य छन भने संस्थाको कुल पुजीं ५८ करोड ४६लाख ६४ हजार ५सय५७ रुपैया रहेको छ ।























