विज्ञापन

महाकालेश्वर शिव मन्दिरमा १०८ शिवलिगं स्थापना गरिदै

Image

राजापुर नगरपालिका वडा न. ४ मा अवस्थित शिव महाकालेश्वर मन्दिरमा १०८ शिव लिगं स्थापनार्थ शिलान्यास गरिएको छ ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले शिलान्यास गरेको कार्यक्रममा, उपप्रमुख मनकला चौधरी, प्रमुख प्रसासकिय अधिकृत दशरथ बुढा, इ.प्र.का. राजापुरका प्रमुख सागर बोहरा, वडा अध्यक्षहरु, ज्येष्ठ नागरिकर महिला एवं स्थानियहरुको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपेश थारुले १०८ शिव लिगं मध्ये गुरु लिगंको स्थापना वडा अध्यक्ष र उपप्रमुख लगायतको सहकार्य समन्वयमा आफुहरुले निर्माण गर्ने घोषणा गर्नु भयो ।

शिवलिगका लागी दान गर्न चाहने भक्तजनहरुका लागी ४ वर्गमा आर्थिक सकंलन गरिदैछ । १८ इन्च शिवलिगंका लागी २५हजार १सय ११ रु., पन्चायन देवताको मुर्तिका लागी २ लाख १हजार १सय ११रु., नन्दीको मुर्तिका लागी २लाख ५१हजार १सय ११ र गुरुलिगं का लागी ११ लाख ११ हजार १ सय ११ रु. निर्धारण गरिएको भुवन ढकालले भौराटप्पा लाइ जानकारी गराउनु भयो ।

विज्ञापन
विज्ञापन
विज्ञापन