भदौ ६, राजापुर / राजापुर नगरपालिका वडा न. ५मा रहेको पद्म कुमारी मा. वि. मा सगींत कक्षा सञ्चालनमा छ । विद्यालयमा अध्यनरत ६० जना छात्र छात्रा ले सगींत सिखी रहेका छन ।
संसारमा संगीत मन नपराउने व्यक्ति कमै होलान्। दिनभरको थकाइपश्चात् घर फर्केर कुनै मनपर्ने संगीत सुनेपछि थकान कम हुन्छ , कुनै संगीत सुन्दा शरीरका रौंरौंले त्यो संगीतको स्पर्श गर्छन्, कुनै संगीतले कसैको अतीतलाई ताजा गराउँछ, संगीतबिनाको मानव सभ्यता कल्पना गर्न पनि सकिँदैन होला। संगीतका विभिन्न शैली छन् र मानव शरीरमा विभिन्न शैलीका आफ्नै किसिमका प्रभाव हुन्छन्।
वडा न. ५ मा अवस्थित पक्कुु मा. वि.मा कार्यरत सगींत शिक्षक जिवन थापाले बिभिन्न उमेर समुहका छात्र छात्रालाइ सगींत कला सिकाइरहेको रहनु भएको छ । साना साना छात्रले ताल मिलाएर मादल बजाइ रहेका छन । त्यसै गरी छात्राहरुले पियानो, हारमोनियम, गिटार बजाइ रहेका छन । अहिले ३० ३० जनाको समुह बनाएर बिहान बेलुका सगींत सिकाइरहेको वहा बताउनु हुन्छ ।
संगीत गहन अध्ययनको बिषय हो भन्ने कुरा विगत देखी हाम्रोमा सञ्चालन हुदै आएका अनगिन्ति परम्परागत गुरुकुल, निजी र सरकारी पाठशालाले पनि प्रमाणित गरी सकेको छ । संगीत सिकेर विद्यार्थीहरुले अरु पेशा सरह जिविकोपार्जनको माध्यम बनाउन सकुन भन्ने चाहना सिगों पालिकाले राखेको वडा न. ५ का अध्यक्ष रमेश दाहतले बताउनु भयो ।
संगीतले बालमनोविज्ञानलाइ सकारात्मक बाटोमा डोरयाउन मदत गर्छ । हाम्रो समाजमा संगित प्रतिको द्धष्टिकोण विगतभन्दा निकै सकारात्मक हुदै आएको छ ।
राजापुर नगरपालिकाले सञ्चालन गरी रहेको संगीत कक्षा लाइ अझ व्याापक व्यवस्थित गरी लैजान सके धेरै विद्यार्थीहरु यसप्रति आर्कषित हुने थिए र संगीतलाइ पेशाका रुपमा अगांलने थिए ।






















