विज्ञापन

नेपाल आइडल सिजन ५ को उपाधी बर्दियाका करणको पोल्टामा

Image

राजापुर असार-९ / गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधी बर्दियाका करण परियारले लिनुभएको छ । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उहाँ विजेता बन्नुभएको हो । दर्शकको भोटको आधारमा उहाँ विजेता चुनिनु भएको हो । उपाधि जितेसँगै उहाँले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बन्नुभयो । उहाँले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गर्नुभयो । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बन्नुभयो ।उहाँले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नुभयो । दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप हुनुभयो ।उहाँले स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्काेटा हुनुहुन्थ्यो । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गर्नुभएको थियो । ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक-गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए । नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन