राजापुर नगरपालिकामा ४० बर्ष भन्दा माथी उम्मेर समुहका व्यक्तीहरुलाई नसर्ने रोग सम्वन्धी जाँच पडताल गरिने भएको छ । बिज्ञ डाक्टरहरुद्वारा यसै महिनाको अन्तिम सातामा मधुमेह,उच्च रक्तचाप र मृगौला रोग सम्बन्धी खोजपटताल गरिने भएको हो । स्वास्थ्य कार्यलय बर्दियाले आज राजापुर नगरपालिकामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सोवारे जानकारी गराइएको छ । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख गोकर्ण गिरीले सन् २०१९ को अध्ययनमा सय जनामा ७१ जना नसर्ने रोगवाट मृत्यु हुने गरेको भन्दै गाँउ–गाँउ टोलटोलमा जाँच आवश्यक रहेको बताउनु भयो । उच्च रक्तचाले मुटुको रोग गरोउने भन्दै १०० जनामा ९० जनालाई उच्चरक्तचाप बोरे थाहै नहुने गरेको प्रमुख गिरीले सो बखत जानकारी गराउनुभयो । कार्यक्रममा सहजिकरण गर्दै गिरीले उपचार गराउन उत्प्रेरण जगाउने उदेश्यले यस्तो कार्यक्रम गरिनलागेको बताउनुभयो । कार्यक्रममा बोल्दै राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले स्वास्थयमा ठूलो लगानी गरेपनी सोचेजस्तो प्रतिफल आउन नसकेको भन्दै आगामि बर्षको बजेटमा कार्यसम्पादनमा आधारमा महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई प्रोत्साहन गरिने बताउनुभयो । कार्यक्रममा उप प्रमुख मनकलाकुमारी चौधरी, १० ओटै वडाका अध्यक्षहरु स्वास्थ्यकर्मीहरु महिला स्वास्थ्य स्वयंसेवीकाहरु एवं संचारकर्मी सहभागी थिए ।
विज्ञापन

राजापुरमा नसर्ने रोग सम्वन्धी जाँच पडताल गरिने

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

नयाँ प्रकाशित
विज्ञापन

विज्ञापन

विज्ञापन












