राजापुर (बर्दिया) । बर्दियामा करेन्ट लागेर एक जना प्राबिधिकको मृत्यु भएको छ । राजापुर नगरपालिका वडा नं ७ का श्यामलाल चौधरीको विद्युतिय काम गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको हो ।
सोमवार दिउँसो अन्दाजी साढे १२ बजेको समयमा राजापुर १० खैरी स्थीत विद्युतको काम गरिएको क्रममा एक्कासी करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायव उपरिक्षक सागर बोहोराले जानकारी दिनु भयो ।
मृतक थारु नेपाल बिधुत प्राधिकरण राजापुर वितरण केन्द्र मा ठेकेदार कम्पनी मार्फत करारमा कार्यरत थिए। श्याम लाल को एक छोरा,एक छोरी र श्रीमती छन ।






















