मानव स्वास्थ्यको सुरक्षा र उपभोक्ता हित सरंक्षणका लागी खाद्य श्र्रखंलाका सबै चरणमा बैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता, गुणस्तर निर्धारण र त्यसको नियमितताको व्यवस्था गर्न खाद्य प्राविधिक हरु अहोरात्र खटिइ रहेका हुन्छन ।
पछिल्लो समय प्रविधिले फड्को मारे सगैं खाद्य प्रणलीलाइ सुरक्षित र स्वच्छ बनाउनका लागी नविनतम प्रविधिहरु आइ रहेको छ । यसै परिप्रेक्ष्यमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सघं सुदुरपश्चिम इकाइले कैलालीको टिकापुरमा खाद्य स्वच्छता र सुरक्षा प्राप्तिमा नविनतम प्रविधि विषयक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सघ.का केन्द्रिय अध्यक्ष डा. अतुल उपाध्यायले खाद्य सुरक्षा चिन्ताजनक रहेको, जोखिमयुक्त पदार्थमा विषेश ध्यान दिनु पर्ने, बनेका निति कार्यन्व्ययनमा जोड दिनु पर्ने र खाद्य स्वच्छता बारे बालबालिका लाइ समेत सचेत बनाउनु पर्ने आवश्यक्ता रहेको बताउनु भयो ।

सुदुरपश्चिम इकाइ प्रमुख एस. के. महतो ले अहिले को परिप्रेक्ष्यमा चिनिमिलको आवश्यक्ताको बारेमा प्रकाश पार्नु भएको थियो ।
सन १९८४ मा स्थापना गरिएको नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ सघंमा ५०० बढि सदस्य आवद्ध छन । यसले खाद्य विज्ञान तथा प्रविधि, पोषण, खाद्य प्रणाली सम्बन्धी ज्ञान को विकास र संवर्द्धन गर्ने खाद्य बिज्ञान तथा प्रबिधि, खाद्य प्रणाली, एवं पोषण विषयसँग सम्बन्धित नेपाल सरकार तथा राष्ट्रिय तथा अन्तरास्ट्रिय दात्री निकायहरुले अबलम्बन गरेका राष्ट्रिय नीति, कार्यदिशा, कार्यक्रम, तथा अपेक्षित प्रतिफल र यिनीहरुका सूचांकहरुमा नेपाली खाद्य बैज्ञानिक तथा प्रबिधिज्ञहरुको अधिकारिक धारणाको रुपमा परामर्सदाता र निगरानिकर्ताको भूमिका निर्वाह गर्ने , खाद्य विज्ञान तथा प्रविधि, खाद्य प्रणालीको प्रशिक्षण तथा अनुसन्धानात्मक अनुभवबाट प्राप्त बौद्धिक विचारहरुको आदानप्रदानगर्ने अवसर प्रदान गर्ने, देशमा वैज्ञानिक अनुसन्धानको वातावरणको सृजनागरी त्यसलाई सक्रिय तुल्याउने,खाद्य प्रविधि तथा त्यससंग सम्बन्धित विषयको माध्यमद्वारा राष्ट्रिय विकासमा योगदान दिने व्यक्तिविशेषलाई प्रोत्साहित गर्ने लगागतका काम गरी रहेको छ।






















