ब्रहम कुमारी इश्वरीय विश्वविद्यालय राजापुर सेवा केन्द्रले महाशिवरात्री पर्वको पुर्व सन्ध्यामा नशा मुक्ती सचेतना सप्ताहको आयोजना गरेको छ। शनिवार देखि शुरुवात गरिएको सो सप्ताहको समापन शिवरात्रीको दिन गरीने छ।

सचेतना कार्यक्रम मा झाकी, रयाली एवं चित्र प्रदर्शन गरी नशा सेवन गर्नाले हुने नकारात्मक प्रभाव का बारेमा बताइएको थियो।
राजापुर नगरपालिका वडा नं १० ढुन्डीपुर , शिव मन्दिरमा सोहि वडाका अध्यक्ष द्वारा शुभारम्भ गरिएको रयाली रामजानकी चेक, जोगी पुर, मगंलपुर ,टपरा,हुदै ज्येष्ठ नागरिक नगरभवन धोबिनीपुरमा आएर समापन गरिएको थियो।
रयाली मा ब्रहम कुमारी इश्वरीय विश्वविद्यालयका बिभिन्न सेवाकेन्द्र बाट आएका ब्रहम कुमारीहरु, स्थानीय, समाजसेवी एवं बालकलाकार लगायतकाे उपस्थित थियो।बर्दिया को राजापुर बाहेक ताराताल, भुरीगाउ, बासगढी, गुलरिया लगायतका ठाउमा त्यहाका सेवाकेन्द्र को आयोजनामा सचेतना मुलक रयाली निकालिएको थियो।
ब्रहम कुमारी इश्वरीय विश्वविद्यालयले शिवरात्री पर्वलाई हरेक वर्ष हर्ष उल्लासका साथ मनाउने गर्दछ। यस वर्ष शिवरात्रीका दिन नारी दिवश पनि परेकाले महिला तथा ज्येष्ठ नागरिक शाखा, राजापुर नगरपालिकाले गर्ने बिभिन्न कार्यक्रमहरुमा पनि नशा मुक्ती सम्बन्धी झाकी हरु प्रस्तुत गरिने ब्रहम कुमारी इश्वरीय विश्वविद्यालय, राजापुर सेवा केन्द्र प्रमुख सपना दिदि ले जानकारी गराउनु भयो।






















