विज्ञापन

नगर प्रमुखद्वारा राजापुरको चिनी मिल अनुगमन

Image

बर्दिया, २५ माघ । राजापुर नगरपालिका वडा नम्वर ५ बदालपुरमा निमार्णाधिन राजापुर सुगर एन्ड केमिकल्स् इन्डस्ट्रीज प्रालिको राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले बिहीवार अनुगम तथा निरिक्षण गरेका छन् । अनुगमनका क्रममा चिनी उद्योगको भौतिक निर्माणका क्रममा स्थानिय जनशक्तीको प्रयोग भए नभएको तथा निमार्ण पश्चात आउन सक्ने अवरोधलाई सहज बनाउँदै निमार्ण कर्तालाई सुझाउन नगर प्रमुखद्वारा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा १८ बिगाह ५ कट्टा १३ घुर क्षेत्रफलमा निर्माण गरिन लागेको चिनी मिलको पर्खाल, आवाशीय भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको र दैनिक स्थानिय ८० जना दक्ष जनशक्तीले प्रत्यक्ष रोजगारि पाइरहेको मिलका प्रशासन प्रमुख ईन्द्रप्रसाद ढकालले नगरप्रमुखलाई व्रिफिङ गरेका थिए । निमार्णको तिव्रतानुसार २ बर्ष भित्रै उत्पादन शुरु गरिने अपेक्षा सुनाए ।

विज्ञापन
विज्ञापन
विज्ञापन