विज्ञापन

सत्ती कर्णाली सामुदायिक बन उपभोक्ता समूहका नव निर्बाचित पदाधिकारीको शपथ ग्रहण तथा पदास्थापना

Image

टीकापुर / टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका वन निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण तथा पदास्थापन कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वनका निबर्तमान अध्यक्ष धनसिह साउँदको अध्यक्षता भएको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने रहेका थिए । भने बिशिष्ठ अतिथिमा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए । निर्वाचन समितीका संयोजक बिरेन्द्र शाहको स्वागत मन्तब्य संगै शुरु भएको कार्यक्रममा निबर्तमान कोषाध्यक्ष मनिराम ढुङ्गाना, सामुदायिक सहकारी संस्था लिमिटेड का पुर्ब अध्यक्ष हरि कुमार कार्की, नेकपा माओबादीका देब बहादुर बुढाथोकी,नेकपा एमालेका चतुर प्रसाद खनाल,नेपाली काँग्रेसका नृप कडायत, समाजसेवी नरेश्वर धमाला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।


माघ २० गते भएको चुनाबबाट जितराम चौधरी सहित १२ जनाले चुनाब जितेका थिए ।अध्यक्षमा जितराम चौधरीले १८० मतान्तरले जित हासिल गरेका थिए । चौधरीले ५३३ मत ल्याएका थिए भने ठकुल्लाले ३५३ मत ल्याएका थिए। त्यसैगरि चौधरी प्यानलका उपाध्यक्ष मन्जु देवी चौधरीले पनि बिजय भएकी थिईन ।उनले ४८० मत ल्याईकि थिईन भने उनका प्रतिस्पर्धा रहेकि कला चलाउने धामीले ३३० मत ल्याएकी थिईन ।चौधरी प्यानलकै कोषाध्यक्षमा अस्मिता ठकुल्ला बिजय भएकी थिईन ।उनले ५१९ चरमत पाएको छ भने उनकी प्रतिस्पर्धा रहेकी राधा जिसी ३११ मत पाईएकोथियो र सह सचिबमा मोहन बहादुर रावल बिजय भएका छन रावलले ५२२ मत ल्याए भने उनका प्रतिस्पर्धा रहेका ओमलाल सुनारले ३०७ मत ल्याएका छन भने सचिबमा चौधरी प्यानलका रामकृष्ण चौधरी निर्बिरोध निर्बाचित भई सकेका थिए । त्यसै गरि सदस्यमा साबिक धनसिहपुर गाबिस वडा न कि २ चेतना नेपाली, सेत बहादुर साउँद, गंगा बि क बजय भएका छन यिनी तिनैजना ठकुल्ला प्यानलका हुन ।


नारायणपुर ८ बाट गायत्री देवी स्वाँर,जसु देबी बिष्ट, सन्तोष नेपाली बिजय भएका छन। नारायणपुर ७ बाट साधुराम चौधरी,दिल कुमारी पुनमगर बिजय भएका छन भने जितराम चौधरीको प्यानलबाट नारायणपुर ५ का प्रेमलाल श्रेष्ठ र जानकी कुमारी डगौरा थारु निर्बिरोधरुपमा निर्बाचित भएका थिए । नेपाल मै बेतबाँस ले परिचित सामुदायिक बनमा १२ सय भन्दा बढी उपभोक्ता रहेका छन । नबिकरण गरेका १०५६ जनाले मतदान गर्न पाउने भए पनि मत भने ९३९ मत खसेको थियो ।

विज्ञापन
विज्ञापन
विज्ञापन