विज्ञापन

प्रधानाध्यापक, शिक्षा समितिका पदाधिकारी र शिक्षकहरुलाइ अभिमुखीकरण तालिम

Image

राजापुर, माघ 3 (भौराटप्पा बुलेटिन)/ बर्दियाको राजापुर नगरपालिकामा प्लान इन्टरनेसनल र राधाकृष्ण थारु जनसेवा केन्द्रको आर्थिक सहयोग र राजापुर नगरपालिकाको सहकार्यमा पढाईमा कमजोर बालबालिका हरुका लागि उपचारात्मक कक्षा संचालन गरिदै छ। पढाईमा औषत भन्दा कम अंक ल्याउने बिधार्थी हरुको सुचि तयार गरी उनिहरु लाइ स्कुल समय बाहेकको समयमा कक्षा संचालन गरिने राधाकृष्ण थारु जनसेवा केन्द्रका परियोजना अधिकृत सजंय चौधरीले बताउनुभयो भयो।

अभिमुखीकरण तालिम समापनको क्रममा राजापुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जगं शाही

सोहि कक्षा लाइ अझ बढि प्रभावकारी बनाउने उदेश्यले पालिकामा भएका सम्र्पुण सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक र शिक्षा समितिका पदाधिकारी लाइ एकदिने अभिमुखीकरण तालिम दिइएको छ भने बिषयगत शिक्षकहरुलाइ ३ दिने अभिमुखीकरण तालिम दिइएको छ ।

प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रले राजापुर नगरपालिका मा मसिंर महिना देखि बालिका शसक्त परियोजना सञ्चालनमा ल्याइएको छ, उपचारात्मक कक्षा सोहि परियोजनाको अगं हो। कोभिड लगायतका समयमा बिधार्थीहरुको पढाइमा बाधा पुगेको र त्यसपछि पढाइको स्तर उकासिन नसकेका बिधार्थी हरु लाइ यस परियोजनामा समावेश गरी अतिरिक्त कक्षा संचालन गरी उनिहरुको शैक्षिक अवस्था सुधारिने राजापुर नगरपालिका शिक्षा शाखा प्रमुख दल बहादुर चौधरीले बताए।

दल बहादुर चौधरी,प्रमुख, शिक्षा शाखा,राजापुर नगरपालिका, बर्दिया

कक्षा कोठामा सबै बिधार्थी लाइ शिक्षकहरुले समान व्यवहार गरी एउटै पाठ्य पुस्तक पढाउने भए पनि कतिपय बिधार्थीहरु पढाइमा पछाडी पर्छन्, त्यस्ता बिधार्थीलाइ उकास्नका लागी यो राम्रो अवसर भएको राजापुर नगरपालिका वडा नं ८ भिमसेन प्रा.वि. का प्रधानाध्यापक राज कुमार रेग्मी बताउनुहुन्छ।

उपचारात्मक कक्षा ६० दिनका लागि सन्चालन गरिने र राजापुर नगरपालिका मा रहेको सबै प्राथमिक तह र आधारभुत तहका बिधार्थी का लागि सन्चालन गरिने हुदा यस तालिममा सो तहलाइ पढाउने शिक्षिकहरुलाइ समावेश गरिएको राजापुर नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जगं शाही ले बताउनुभयो।

राजापुर नगरपालिकामा रहेका सबै प्रा.वि. र आ.वि. का बिद्यार्थीहरुका लागि उपचारात्मक कक्षा ६० दिनका लागि सचांलन गरिने राधाकृष्ण थारु जनसेवा केन्द्रका फिल्ड सुपरभाइजर रेनु चन्दले बताइन।

प्लान इन्टरनेसनल र राधाकृष्ण थारु जनसेवा केन्द्रले बर्दियाको राजापुर बाहेक , गेरुवा गाउँपालिकामा, बारबर्दिया र ठाकुर बाबा नगरपालिकामा बालिका सशक्त्त परियोजना सन्चालन गरेको छ।

विज्ञापन
विज्ञापन
विज्ञापन