प्यूठान/ प्यूठानको सरूमारानी–१ बाङ्गेसालस्थित साना किसान कृषि सहकारी संस्थाको २७औँ वार्षिक साधारणसभा तथा ९औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम उद्घाटन गर्दै संविधानसभा सदस्य धनबहादुर रायमाझीले ऋण लिएर नतिर्नेहरूलाई ‘सहकारी ठग’ भन्दै यस्ता व्यक्तिहरूलाई सामाजिक बहिष्कारदेखि कानुनी कारबाहीसम्म कडाइ गर्न आग्रह गरे।
उहाँको भनाइमा, सहकारी रकम अपचलन गर्नेहरूले नै सहकारी अभियानलाई असफल बनाइरहेको हुँदा अब सहकारी क्षेत्र कडाइतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो।
उद्घाटन–सत्रमा सरूमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले पनि ‘‘सहकारी ठगहरूको गिद्धे नजर’’ हटाउन कठोर कदम आवश्यक रहेको जिकिर गरे।
९औँ अधिवेशनले कुलदीप जिसीकै नेतृत्वमा ११ सदस्यीय कार्यसमिति पुनः गठन गर्यो।उपाध्यक्षस् तुलसा थापा, सदस्यहरूस् नारायणबहादुर गुरुङ, माधवप्रसाद पोखरेल, चिन्तबहादुर ल्वोहार, शारदा पौडेल, बिमला सुनार, कुसा राउत, कमलबहादुर कुमाल, समसुल हक शाह, मुकुन्दराज शर्मा,सदस्य–सचिवस् प्रबन्धक निमराज आचार्य, लेखा सुपरिवेक्षण समितिस् संयोजक शिवप्रसाद घिमिरे, सदस्यहरू महेशकुमार रायमाझी र नर्मदा गिरी
सहकारीको वित्तीय स्थिति —
कुल पुँजी रु ४१ करोड २९ लाख ३७ हजार
शेयर सदस्य १,४२६ ९यो वर्ष ५६ जना वृद्धि०
यो वर्ष नाफा रु १ करोड ४७ लाख ६७ हजार
गत वर्षको तुलनामा नाफा घट्यो रु १४ लाख ६४ हजार
निक्षेप मौज्दात रु २४ करोड १३ लाख ६३ हजार
जगेडा कोष रु ७ करोड ७१ लाख ३२ हजार
ऋण लगानी रु ३९ करोड २४ लाख ६० हजार
साधारणसभामा ६ जना जेष्ठ शेयर सदस्यलाई नगदंप्रमाणपत्र सहित सम्मान गरिएको छ। त्यसैगरी दिवंगत सदस्य स्व। कमला विश्वकर्माको परिवारलाई म्यादी जीवन बिमा अन्तर्गत ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।
सहकारीले हालस्, बचत–ऋण सेवा, सुत्केरी पोषण, मृत्यु राहत, सदस्य सुरक्षा बिमा, पशु बिमा, नश्ल सुधार, बीउ–बिजन वितरण, गोठरभकारो सुधार, छोरी पेवा–बाल बचत,
रेमिट सेवा, अध्ययन–अवलोकन भ्रमण लगायतका कार्यक्रममार्फत सदस्यलाई सेवा दिइरहेको जानकारी प्रबन्धक निमराज आचार्यले दिए।























