विज्ञापन

अमर सहिद बहुमुखी क्याम्पसको नयाँ शिक्षालय भवनको सिलान्यास

Image

राजापुर, बर्दिया — लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अमर सहिद बहुमुखी क्याम्पस, राजापुरमा निर्माण हुन लागेको नयाँ शिक्षालय भवनको आज एक विशेष समारोहका बीच सिलान्यास गर्नुभयो। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वैधनाथ झा, क्याम्पस प्रमुख अनिलदत्त चौधरी, प्राध्यापकहरू तथा स्थानीय राजनीतिक दलका प्रतिनिधि एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सिलान्यास कार्यक्रममा मन्त्री तिमिल्सिनाले शिक्षालाई दिगो विकासको आधारका रूपमा लिँदै प्रदेश सरकारले ग्रामीण क्षेत्रमा गुणस्तरीय उच्च शिक्षा पहुँच पुर्याउने प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो। उहाँले क्याम्पसले स्थानीयस्तरमा शिक्षाको विकासमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो। क्याम्पस प्रमुख अनिलदत्त चौधरीले भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूका लागि शैक्षिक वातावरण अझ सुलभ र आधुनिक हुने विश्वास व्यक्त गर्नुभयो।

विज्ञापन
विज्ञापन
विज्ञापन