विज्ञापन

विश्व फार्मेसी दिवसमा औषधि मात्र होइन, आत्मबल बलियो बनाउनुपर्ने सन्देश (भिडियो सहित)

Image

राजापुर । नेपाल फार्मेसी संघ बर्दिया शाखाले विश्व फार्मेसी दिवस २०२५ को अवसर पारेर सिकल सेल एनिमियाका ३० जना बिरामीलाई औषधि तथा आर्थिक सहयोग प्रदान गरेको छ।

राजापुर नगरपालिकाको टपरामा आयोजना गरिएको कार्यक्रममा एनसीडिए राजापुर–गेरुवा उपशाखाले सहकार्य गरेको थियो। कार्यक्रममा राजापुर नगरपालिकाकी उपप्रमुख मनकला चौधरी प्रमुख आतिथ्य रहनु भएको थियो। “सिकलसेलका बिरामीले चाडपर्वमा खानपिन रहन सहन लगायतमा बिषेश ध्यान पुराउनु पर्छ ।” वहाले थप्नु भयो, “अहिले परिस्थीति जटिल छ चाडपर्वमा सोचबिचार गरेर मात्र खर्च गर्नु पर्छ ।”

सोही अवसरमा मानसरोवर अस्पतालका डाक्टर शशी यादवले सिकल सेल एनिमिया सम्बन्धी स्वास्थ्य जानकारी दिँदै यसको कारण, लक्षण र सावधानीबारे सचेतना जगाउनुभएको थियो।

त्यसैगरी नेपाल फार्मेसी संघ बर्दियाका अध्यक्ष कृष्ण पौडेलले सिकल सेल एनिमिया एक प्रकारको जेनेटिक रोग भएको बताउँदै बिरामीहरूले चिन्ता लिन भन्दा पनि आत्मबल बढाउँदै जीवनमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। ” म आफैपनि कोबिडमा परिवार गमाएको व्यक्ति हु ।” वहाले प्रेरित गर्दै भन्नु भयो , “रोगी भएर चिन्ता लिनु भन्दा मनोवल उच्च राखे अवस्य जित हुनेछ ।”

मगंलराम थारुले सञ्चालन गरेको सो कार्यक्रममा औषधी व्यवसायी सघं बर्दियाका महासचिव देवेन्द्र काफ्ले, वडा न. ६का सदस्य बलबिर रानाले सघंले गरेको कार्यको प्रशंसा गरेका थिए ।
संघकी कोषाध्यक्ष सरस्वती दहितका अनुसार कार्यक्रम मार्फत ३० जना बिरामीलाई औषधि र आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

विज्ञापन
विज्ञापन
विज्ञापन