विज्ञापन

टीकापुरमा साक्षरता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Image

 टीकापुर – ५९औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीस्थित सामुदायिक विद्यालयमा “गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नारायणपुर सामुदायिक सिकाई केन्द्र टीकापुरको आयोजनामा भएको कार्यक्रममा केन्द्रका अध्यक्ष टोप बहादुर केसीले अध्यक्षता गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ७ का वडाअध्यक्ष यज्ञ प्रसाद न्यौपाने तथा विशिष्ट अतिथि वडा नम्बर ८ का वडाअध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए।

सिकाई केन्द्रकी उपाध्यक्ष धनश्री कोईरालाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभिन्न विद्यालयका अध्यक्षहरूले आफ्ना विचार राखेका थिए। राष्ट्रिय मावि बेलुवाका अध्यक्ष देव बहादुर बुढाथोकी, राष्ट्रिय आधारभूत विद्यालय सूर्यपुरका अध्यक्ष शेर बहादुर ठकुल्ला, सेती मैयाँ चौधरी माविका अध्यक्ष कृष्णगोपाल चौधरीलगायतले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षक र अभिभावक दुबैको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।

बक्ताहरुले शिक्षकले जिम्मेवारीपूर्वक पठनपाठनमा ध्यान दिनुपर्ने र अभिभावकले आफ्ना बालबालिकाको अध्ययनप्रति निरन्तर चासो राख्दै विद्यालयमा समयसमयमा सम्पर्क गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सामुदायिक विद्यालयबाट एसईईमा ३.८ जिपिए ल्याएर उत्तीर्ण भएका विद्यार्थी अंकित टमट्टालाई सम्मान गरिएको थियो। त्यस्तै, सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थीलाई उत्तीर्ण गराउन सफल श्री राष्ट्रिय मावि बेलुवालाई पनि सम्मान गरिएको थियो।

विज्ञापन
विज्ञापन
विज्ञापन