विज्ञापन

निशुल्क डिप्लोमा तथा आधारभुत कम्प्युटर कक्षा सम्पन्न

Image

टीकापुर / कैलालीको टीकापुरमा निशुल्क डिप्लोमा तथा आधारभुत कम्प्युटर कक्षा एक कार्यक्रम का बिच सम्पन्न गरिएको छ । भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीका अध्यक्ष मनिराम ढुङ्गानाको सभापतित्वमा भएको समापन कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिका वडा न ७का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने रहेका थिए भने टीकापुर नगरपालिका वडा न ८ का वडाअध्यक्ष दिर्घ बहादुर ठकुल्ला बिशिष्ठ अतिथी रहेका थिए । भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र सत्तीका उपाध्यक्ष धनसरी कोईरालाको स्वागत मनतव्य संगै शुरु भएको समापन कार्यक्रममा सहभागिहरुको तर्फबाट सुरेन्द्र चौधरी ,प्रशिक्षक दुर्गा प्रसाद चौधरी, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिह कडायत , कार्यालिका सदस्य कैलाशपति चौधरी लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो ।

निशुल्क डिप्लोमा कम्प्युटर कक्षा टीकापुर नगरपालिका वडा न ७ को आर्थिक सहयोगमा र आधाभुत कम्प्युटर कक्षा टीकापुर नगरपालिका वडा न ८को आर्थिक सहयोगमा संचालन गरिएको थियो । समापन कार्यक्रममा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्षले बिशिष्ठ अतिथीको आसनबाट बोल्दै सिकेको सिपलाई ब्यवहारमा लागू गरि स्थानिय निकायले गरेको लगानीले उत्कृष्ट काम गरेको देख्न मिलोस भनी सफलताको शुभकामना ब्यक्त गरेका छन ।साथै युवा देशका कर्णधार हुन समाजलाई सकारात्मक दिशा तिर लैजानका लागि अहमभुमिका खेल्न तिर लाग्न सुझाब दिनु भएको छ ।

प्रमुख अतिथीका रुपमा रहेका टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले स्थानिय युवायुवतीले स्थानिय सरकारले गरेको लगानीलाई सहीसदुपयोग गरि आत्मनिर्भर बन्नु पर्ने बताउदै समाजमा गल्त कृयाकलाप त्यागेर सहिबाटो तिर लाग्न समेत सुझाब दिएका छन ।

विज्ञापन
विज्ञापन
विज्ञापन