टीकापुर/कैलालीको टीकापुरमा आधारभुत प्राथामिक उपचार सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ ।टीकापुर नगरपालिका वडा नं ८ मा टीकापुर नगरपालिका को आयोजनामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको प्राबिधिक सहयोगमा सम्पन्न गरिएको नगरपालिका बिपत् व्यवस्थापन उपशाखा की प्रमुख निर्मला चौधरीले जानकारी दिनु भएको छ । समापन कार्यक्रम टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथीमा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहनु भएको थियो ।
कार्यक्रममा टीकापुर नगरपालिका वडा न ६ का वडा सदस्य भारती बि क र शिक्षक राज कुमार चौधरी , प्रशिक्षक रतन टमट्टा ,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका उपमन्त्रि भिम बहादुर महर लगायतले मन्तव्य राख्नु भएको थियो।
उपमन्त्री महरले अब तालिम पश्चात् व्यवहार लागु गर्नुपर्ने र प्राथामिक उपचारको सिद्वान्तलाई आत्मसाथ गर्दै असल उपचारकको भुमिका निर्बाह गर्न लगनसिल भई लाग्नु पर्ने बताए । कार्यक्रममा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले स्थानिय स्तरमा आईपर्ने बिपदका बेलामा असल उपचारकको भुमिका निर्बाह गर्न सकुन भनेर तालिमको आयोजना गरिएको बताउदै स्थानिय सरकारलाई सहयोग गर्नु पर्ने बताए ।
कार्यक्रमको समापनमा अध्यक्षता ग्रहण गरेका टीकापुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले तालिम लिई स्थानिय स्तरमा सेवाका रुपमा काम गर्नपर्ने बताए ।तालिममा टीकापुर नगरपालिलका वडा न ६,७,८ र ९ का २०जनाको सहभागिता रहेको थियो ।






















