
टीकापुर / कैलालीको टीकापुर सिमा नाका बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटीएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं।९ खक्रौला स्थित प्रहरी चेकपोष्टमा चेक जाँचको क्रममा कैलाली टीकापुर नगरपालिका वडा नं। ७ नारायणपुर बस्ने बर्ष २४ को अरूण श्रीवास्तव र टीकापुर नपा ७ सत्ती बस्ने बर्ष २२ को संजय बिष्टलाई लागुऔषध सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीन राजा बुढाथोकी ले जानकारी दिनु भएको छ ।
अरूण श्रीवास्तव ले चलाएको से। ६ प।६५९१ नं। को स्कुटरको पछाडी सवार रहेका टीकापुर ७ सत्तीका संजय बिष्टलाई रोकी निजहरुको शरीर तथा स्कुटरको समेत खानतलासी गर्दा स्कुटर चालक अरूण श्रीवास्तवले लगाएको हेल्मेट भित्र लुकाई छिपाई राखेको प्लाष्टिक बाहेक कुल शुद्द तौल १ ग्राम ७९० मिलिग्राम लागु औषध ९खैरो हेरोईन० जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त स्कुटर समेत रित पुर्वक बरामद गरी निजहरु दुवै जना लाई पक्राउ गरी आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखि थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।























