टीकापुर, माघ १४/ कैलालीको टीकापुर नगरपालिका वडा न ८ स्थित त्रिभुवन माध्यमिक बिद्यालय बटनपुरको खेल मैदानमा वडा स्तरिय फुटबल प्रतियोगिता २०८१ को उपाधि टीकापुर नगरपालिका वडा न ५ ले जित्न सफल भएको छ । आईतबार भएको फाईन खेल टीकापुर नगरपालिका वडा न८ बि र टीकापुर वडा न ५ बिच भएको थियो । जसमा टीकापुर ८ बि लाई टीकापुर ५ ले १-० ले पराजित गरेको छ ।
वडा स्तरिय खेलकुद समितिका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायको अध्यक्षतामा भएको समापन्न कार्यक्रममा टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारू रहनु भएको थियो भने बिशिष्ठ अतिथीहरुमा टीकापुर नगरपालिका वडा न ४ का वडा अध्यक्ष लालबिर चौधरी वडा न ६ का वडा अध्यक्ष बलिराम चौधरी,वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने,वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र वडा न ९ का वडा अध्यक्ष लौटन चौधरी रहनु भएको थियो । वडा स्तरिय खेलकुद समिती वडा न ८को आयोजना र टीकापुर नगरपालिका लगायत वडा नं ६,७,८,९को आर्थिक सहयोगमा फुटबल प्रतियोगिता संचालन भएको थियो ।वडा स्तरिय खेलकुद समितिका सचिब बिरु साउदको स्वागत मनतब्य संगै शुरु भएको कार्यक्रममा टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले प्रमुख अतिथीको आसन बाट बोल्दै स्थानिय स्तरमा खेलकुदका लागि वडा स्तरबाट र नगरपालिका स्तरबाट बजेट बिनियोजन गरिदै आएको बताउदै स्थानिय स्तरमा हुने हरेक खेलकुदलाई मर्यादित र अनुसाशित बनाउनु पर्ने र खेलकुदले युवाहरुलाई कुलतबाट जोगाउने बताउदै जसका लागि निष्पक्ष रुपमा खेलाउनु पर्ने बताएका छन ।
समापन कार्यक्रममा नेपाली काङ्ग्रेसका शेर बहादुर साउद, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष धनसिह साउद, टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला लगायत आफ्ना धारणा राखेका थिए । टीकापुर नगरपालिका अन्तरगतका १५ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिम टीकापुर वडा न ५को टीमले ५१ हजार नगद , प्रमाण पत्र ,मेडल र शिल्ड प्राप्त गरेका छन भने दोश्रो हुने टिम टीकापुर नगरपालिका वडा न ८ बि टिम रले ३१ हजार नगद , प्रमाण पत्र ,मेडल र शिल्ड प्राप्त गरेका छन । कार्यक्रमको संचालन गोबिन्द चौधरीले गरेका थिए ।























