विज्ञापन

सामुदायिक सहकारीको २४ औ बार्षिक साधारण सभा सम्पन्न

Image

टीकापुर / टीकापुर र कैलालीको टीकापुर नगरपालिका वडा नं ७ सत्ती स्थित सामुदायिक रसहकारी संस्थाको २४ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष पल बहादुर बस्नेतको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी टीकापुर नगरपालिका का नगर प्रमुख रामलाल डगौरा थारु रहेका थिए भने टीकापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष बलीराम चौधरी वडा न ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने , वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए रहेका थिए । सहकारीको बार्षिक साधारण सभामा प्रमुख अतिथि रामलाल डगौरा थारुले यस क्षेत्रका जनतालाई बैकको अनुभूति दिएको र अब टीकापुर क्षेत्रमा बिकासको गति अघि बढिरहेको बताए । थारुले टीकापुर एरर्पोट संचालनमा आई सकेको आज मात्र चिसापनीमा केवलकारको समेत सिलन्यास भएकोले टिकापुर लगायत आसपासका जनताको आर्थिक स्तर सुधार हुने बताएका छन । त्यसैगरि बिशिष्ठ अतिथिका रुपमा रहेका टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाले यस क्षेत्रका स्थानियलाई सहकारीले विभिन्न बैकिङ्ग सुबिधा दिईरहेको जनतालाई अझ सहुलियत रुपमा मल बीउ लगायत जिबनस्तर उकास्ने खालका गतिबिधि संचालन गर्नु पर्ने बताएका छन । त्यस्तै बिशिष्ठ अतिथि टीकापुर नगरपालिका वडा न ७का वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले यश सामुदायिक सहकारीले स्थानिय स्तरका जनताको हितका लागि विभिन्न क्षेत्रमा काम गरिरहेकोले स्थानिय कृषकलाई मध्यनजर गरि सहुलियत रुपमा सहज तरिकाले मल बीउ बितरण गरि स्थानियलाई सेवा दिनुका साथै स्थानियको जिबनस्तर उकास्ने खालका योजना बनाई अघि बढ्नु पर्ने सुझाब दिएका छन ।

२०५७ साल भाद्र १ गतेका दिन स्थापना भएको सहकारीमा २२ सय ७१ जना शेयर सदस्य रहेका छन । जसको शेयरपुजी १ करोड ७३लाख ७१ हजार २ सय रहेको छ ।सामुदायिक सहकारी संस्थाको निक्षेप बचत १४ करोड ८२लाख ९६ हजार २ सय ८२ रुपैया रहेको छ भने ऋण लगानी १५ करोड ८२ लाख ८६ हजार ९ सय ६१ रुपैया रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । आर्थिक बर्ष २०८०र०८१ मा ७३ लाख २३ हजार ४ सय २५ रुपैया मुनाफा गर्न सफल भएको छ ।

सहकारीको बार्षिक साधारण सभामा १२ कक्षा पास गरेका तीन जना बिद्यार्थी लाई नगद सहित सम्मान गरिएको छ । जसमा कर्णाली माबि सत्तीका अनु चौधरी , त्रिभुवन माबि बटनपुरका जगत बहादुर तारामी र सरस्वी माबि नवलपुरका सरस्वती चौधरीलाई सम्मान गरिएको छ ।,उत्कृष्ट कृषक मध्येका विश्राम कुश्मी र राम प्रसाद चौधरीलाई नगद सहित प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो । त्यसैगरि सामुदायिक सहकारीले १२ जना जेष्ठ शेयर सदस्यहरुलाई कम्बल र प्रमाणपत्र ले सम्मान गरेको छ ।सहकारी संस्थाका सदस्य कृष्ण धमलाको स्वागत मनतब्यसंगै शुरु भएको सहकारीको बार्षिक साधारण सभामा शेयर सदस्य नवराज ढुङ्गाना ,सामुदायिक सिकाई केन्द्रका निबर्तमान अध्यक्ष छबिलाल जैशी ,नेपाल रेडक्रस सोसाईटी नारायणपुर उपशाखा का सभापति धनसरी कोईराला, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना , लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुर सिह कडायत, सामुदायिक सहकारी संस्थाका पुर्व अध्यक्ष जंग बहादुर साउद, र निबर्तमान अध्यक्ष हरि कुमार कार्की लगायतले शुभकामना मनतब्य राखेका थिए । बार्षिक साधारण सभा कार्यक्रम सहकारी संस्थाका सचिब कृत ठकुल्लाले गरेका थिए । ८६ जना शेयर सदस्य बाट शुरु गरिएको सामुदायिक सहकारीले २२ करोड ९ लाख ६० हजार ८४ रुपैयाको कारोबार गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सहकारीले आफ्ना शेयर सदस्यको मृत्यु भएमा कृया खर्च बाफत १० हजार , घातक रोग लागेमा १५ हजार सहयोग समेत गरिरहेको छ भने सामुदायिक सहकारी संस्थाले टीकापुर क्षेत्रमा मल बिउको काम गर्दै स्थानिय किसानलाई सहुलियत दिनु का साथै ग्रामिण क्षेत्रमा रेमिटान्सको समेत सेवा दिई रहेको छ ।

विज्ञापन
विज्ञापन
विज्ञापन