
टीकापुर / कैलालीको टीकापुर स्थित एकीकृत ठकुल्ला सेवा समाजकाे छैठाै बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएकाे छ।एकीकृत ठकुल्ला सेवा समाज टीकापुरका अध्यक्ष ईन्द्र जित ठकुल्लाकाे अध्यक्षता भएकाे बार्षिक साधारण सभामा टीकापुर नगरपालिका वडा न ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला रहेका थिए भने बिशिष्ठ अतिथीमा समाजका पुर्वअध्यक्ष तथा साबिक धनसिहपुर गाबिसका सचिब गगन सिह ठकुल्ला रहनु भएकाे थियाे ।एकीकृत ठकुल्ला सेवा समाज टीकापुरका उपाध्यक्ष सुनिता ठकुल्लाकाे स्वागत मनतब्यसंगै शुरु भएकाे बार्षिक साधरणा सभामा समाजका पर्व सचिब कमल ठकुल्लाले ३ लाख ४३ हजार ६ सय ४८ रुपैया बराबरकाे अाय ब्यसार्बजनिक गरेका थिए ।एकीकृत ठकसलणला सेवा समाजकाे छैठाै बार्षिक साधारण सभामा गाेलबल अाईईमी बैकका कर्मचारी तथा समाजसेवि गणेश ठकुल्ला, सामुदायिक सहकारी संस्थाका सचिब कृत ठकुल्ला,शितल सामुदायिक बन उपभाेक्ता समूह सितापुरका पुर्व अध्यक्ष सिद्ध ठकुल्ला, प्रताबित एकीकृत ठकुल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नैनसिह ठकुल्ला,टीकापुर नगरपालिका वडा न २ का वडा सदस्य खम्ब ठकुल्ला लगायतले शुभकामना मनतब्य राख्नु भएकाे थियाे ।
























