विज्ञापन

तालिम दिने भन्दै पैसा उठाएर ठगी

Image

प्रकाश पौडेल, गुलरिया । राजापुर नगरपालिका रहेको प्राथमिक विद्यालयका बालशिक्षिका र कार्यालय सहयोगीलाई तालिम दिने भन्दै पैसा उठाएर ठगी गरेको पाइएको छ । चाइल्ड एजुकेसन डेभलपमेन्ट फाउन्डेसन नेपाल नामक संस्थाले तालिम दिने भन्दै ठगी गरेको  पाइएको हो । 


गर्मी बिदाको समयमा प्रत्येक शिक्षिका तथा कार्यालय सहयोगीको घर घरमा गएर संस्थाको कर्मचारी भएको भन्दै एक व्यक्तिले ठगी गरेको हो । पालिका रहेका १५ प्राथमिक विद्यालयका बालशिक्षक र कार्यालय सहयोगीबाट प्रतिव्यक्ति  दुई हजार सात सय रुपैयाँको दरले उठाएको हो । 

 बालशिक्षिका तथा कर्मचारीको तलब  बुद्धि लगाएको काममा संस्थाले महत्वपूर्ण योगदान रहेको बर्खा बिदामा घरमा आएर पैसा उठाएको राजापुर –८ कोइलीमा रहेको भीमसेन  प्राथमिक विद्यालय शिक्षिका कृतना चौधरीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘  संस्थाको कर्मचारी बताउने ती व्यक्तिले गुलरियामा तालिमको आयोजना गर्न लागेको छौ । तपाईँको अनिवार्य रुपमा आउनु पर्छ ।यस भन्दा अघि पनि संस्थाले यस्तो तालिम दिएको छ । तपाईँहरू आउनु हुन्न भनेर मात्र पैसा उठाएको हो । साउन २७ गते हुने तालिम तपाई आउँदा त्यो रकम फिर्ता हुन्छ भनेर पैसा उठाएको थिए । ’

संस्थाको कर्मचारी हुँ भनेर दाबी गर्ने ती व्यक्तिसँग प्रश्न गर्दा उल्टै रिसाएर तपाईँको कामको फाइदा हुने कामको लागि पैसा उठाउँदा प्रश्न गर्ने भनेर उल्टै हप्काएको बताउनु भयो ।  उहाँले गुलरियाबाट आएको भनेपछि विश्वास गरेर पैसा दियौ तर संस्थाको कर्मचारी ठग्ने उद्देश्यले आएको रहेछ भन्ने पछि मात्र थाहा पाएको बताउनु भयो ।

पालिका रहेको अर्को  सरस्वती बाल प्राथमिक विद्यालयको शिक्षिका कान्ता आले पनि बिदाको दिनमा घरमा आएर पैसा मागेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ विद्यालयको विस्तृत विवरण बताएपछि  म झुकिए । र पैसा दिए तर पछि अन्य विद्यालयको बालशिक्षिकासँग कुरा गर्दा सबैलाई साउन २७ गते गुलरियामा तालिम हुन्छ भनेर पैसा उठाएको रहेको  तर पछि मात्र थाहा भयो ।  उसले  प्रायलाई यसरी नै ठगेको रहेछ ।’

राजापुर नगरपालिका वडा –७ शकरपुरका मनिस आलेले घरमा आएर तालिम दिने भन्ने कुरा गरेपछि शङ्का लागेर कुरा गर्दा संस्थाको कर्मचारी बताउने सो व्यक्ति खासै बोल्न नचाहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ शिक्षिका र कर्मचारीको लागि दिइने तालिममा पैसा पठाएको आजसम्म थाहा पाएको छैन् । त्यसकारण मैले उसँग कुरा गर्दा पछि फिर्ता हुन्छ भन्यो । तर धेरै बोलेन र घरबाट निस्कि हाल्यो । ’


त्यसैगरी श्री दुर्गा भवानी प्राथमिक विद्यालयको शिक्षिका माया चौधरीले संस्थाको कर्मचारी हुँ भन्ने व्यक्ति नयाँ मोटरसाइकलमा आएर धेरै जना शिक्षिका र कर्मचारीको बारेमा बताएपछि आफूले विश्वास गरेको बताउनु भयो । उहाँले पालिका रहेका १२  प्राथमिक विद्यालयमा शिक्षिका र कर्मचारीबाट पैसा उठाएको बताउनु भयो ।


राजापुर नगरपालिकाको शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बर्खा बिदामा पैसाको उठाएको जानकारी पाएपछि निज व्यक्तिको फोनमा सम्र्पक गर्दा शिक्षा बिकास तथा समन्वय इकाइ बर्दियासँग सहकार्य गरेर फिल्ड सर्भे गरेको बताएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो , ‘ पैसा दिएर शाखाको सम्र्पक आएका व्यक्तिलाई शाखाको जानकारी गराएर मात्र तालिममा जान भनेको थिए । एक पटक फोनबाट  कुरा भएपनि प्रत्यक्ष भेटघाट भएको छैन् । पछि फोन गर्दा फोन समेत लागेन । ’

चाइल्ड एजुकेसन डेभलपमेन्ट फाउन्डेसन नेपाल संस्था कहिकतै दर्ता भएको पाइदैन् । krishnasar

विज्ञापन
विज्ञापन
विज्ञापन