विज्ञापन

राजापुर नगरको निति ‘कृषिमा लगानी जनताको आम्दानी’

Image

राजापुर / बर्दियाको राजापुर नगर पालिकाले कृषिमा लगानी जनताको आम्दानी अवलम्वन गर्ने नीति ल्याएको छ । शुक्रवार पालिकाको नगर सभाको १३ औं अधिवेशनमा राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरीले  २ सय ६ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै निर्वाहमुखी कृषी प्रणालीलाई क्रमश रुपान्तरण गर्दै व्यवशायीक कृषी प्रणालीको बिकासकालागी कृषकलाई आवश्यक अनुदान दिने नीति अवलम्वन गरिने बताउनुभयो ।  
आगामि बर्ष २०८१–०८२ मा आर्थिक बिकास तथा गरिवी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने योजना, उत्पादन र छिटोफल दिने योजना, राजश्व परिचालन र आन्तरिक आयमा उल्लेख्य बृद्धि, सेवा प्रवाह संस्थागत बिकास शुसासन योगदान, स्थानिय श्रोत साधनमा आधारित भइ जनसहभागीता अभिबृद्धी, लैंगिक समानता समावेशीकरणको अभिबृद्धी, दिगो बिकास वातावरण संरक्षण बिपद व्यवस्थापन, स्थान बिशेषको संस्कृती पहिचान पर्दद्धन, लक्षीत बर्गको जिवीकोपार्जन सघाउ पु¥याउने, नगरपालिकाको बिषयगत समितीका सुझाव निर्देशन र नगरपालीकाले आवश्यक देखेका बिविध  बिषयहरुगरी ११ शिर्षकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । 

छात्रछात्रा स्कुलवाट भाग्ने नभई घरवाट स्कुल भाग्ने कार्यलाई प्रभावकारी बनाउन नमुना बालबिकास केन्द्रको बिकास गरिने कार्यक्रममा उल्लेख छ । बिद्यार्थीहरुलाई पढ्दै कमाउदै रमाउदैको नीति अवलम्वन गरिने जनाइएको छ । नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा आयोजित अधिबेशनमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढा, १० वटै बडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बिषयगत शाखाका प्रमुखहरु, एवं पत्रकार सहभागी थिए ।

विज्ञापन
विज्ञापन
विज्ञापन