राजापुर (बर्दिया) । नेपाली समाजमा पछिल्लो दिन जन्मदिन मनाउने होडबाजी नै चलेको छ । चुच्चेटोपी लगायर केक काट्दै, तारे होटल देखी निज निवासमा जन्मदिन मनाउदै आएको देखिन्छ । मनकारीहरुले भने दिन दुःखीहरुलाइ सेवागर्दै जन्मोत्सव मनाउने गर्दछन् ।
राजापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले परोपकारी कार्यगर्दै आफ्नो जन्मदिन मनाउनु भएको छ । जन्मदिनको अवसर पारेर राजापुर –७, लाल्चीपुरका मिर्गौला पिडीत अंकु चौघरीलाई आर्थिक सहयोग गर्नुभएको छ । दुवै मृर्गौलामा समस्या भएका चौधरीको घरमै पुगेर नगद ५ हजार रुपैया हस्तान्तरण गर्नुभएको छ । मृगौलामा समस्या आएको छ, परिवारको आर्थिक अवस्था पनि कमजोर छ भन्ने सामाजिक संजालमा खवरपाएपछीे सहयोग गर्नुपर्छ भन्ने भावनााले सानो सहयोग गरेको अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो ‘यो सामान्य सहयोग हो । यसँसँग अन्य पालिकाबाट हुने सहयोग गर्नेछु ।’
पिडीत चौधरीको सम्पूर्ण रिपोर्ट स्वास्थ्य प्रमुख अर्यालले सुरुवाती अवस्था भन्दा निकै सुधार आएको भन्दै सहयोग गर्न सवैमा अपिल गर्नुभयो । सुरुवाती उपचार रिर्पोट हेर्दा जटील भएपनी अहिले निकै सुधार आएको छ । यद्यपी आर्थिक अवस्थाका कारण ऋण गरेर उपचार गर्नुपर्ने बाध्यता छ । मृर्गौलामा समस्या देखिदा दुवै खुट्टा हिड्न अप्ठारो हुनेगरी सुनिएका छन् । स्वास्थ्य प्रमुख अर्यालले दिएको सहयोगपछी हौसिदै पिडीत चौधरीले आफुनो उपचारमा राहत पुगेको भन्दै सहयोगी मनहरुमा सहयोगको अपिल समेत गर्नुभयो । चौधरीले दाताहरुले सहयोग गरे आफुलाई उपचारमा सहयोग पुग्ने धारणा राख्नुभयो ।






















